• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

मसाज पार्लरमा एक साँझ

तिम्रो नाम के हो ? उसको दुबै हातका बुढी औँला मेरो नाकको डिलमा आइपुग्दा मैले उसलाई सोधेँ । किन चाहियो मेरो नाम तपाईलाई, मेरो मसाज मन परेन हो ? हैन त, धेरै मन प¥यो । मैले उसलाई खुसी बनाउने उद्देश्यले भनिदिएँ । मलाई मसाज कस्तो हुन्छ, थाहा नै थिएन । थाइ मसाज अनि थाइल्याण्डको पटायामा गर्नको अनुभव लिनको लागी मेरो साथी अनुजको करले पहिलो पल्ट भारी खुट्टाहरु लिएर छिरेको थिएँ म मसाज सेन्टरमा । थाइल्याण्डको पटाया, रंगिन शहर, अझ भनौ रंगिन चाहनेहरुको शहर । वाकिङ्ग स्ट्रिटको उज्यालो अनि चमक धमकले एकछिन त मलाइ अलग्गै ग्रह, अलग्गै संसारमा पुगे झै महशुस भएको थियो । मेरो साथी अनुजलाई वाकिङ्ग स्ट्रिटको गतिविधि नौलो थिएन त्यसैले उ मलाई आफ्नो अनुभवसहित वाकिङ्ग स्ट्रिटको विशेषताहरुको वर्णन गरिरहेको थियो । पटाया अनि समग्र बैंककको बारेमा मलाइ यो भन्दा अगाडि नै मेरा दुई अनुभवी साथीहरुले बताइसकेका थिए । उनीहरुको वर्णनमा थाइल्याण्डको परिचय खुल्ला यौन र छाडापनमा मात्र साथीहरुले सीमित गरिदिनु र वाकिङ्ग स्ट्रिटको बत्तीहरुले पनि सोही परिचय प्रदान गर्नले म अलि अन्यौलमा परिरहको थिएँ । फेरि पनि मेरो विवेकले भन्दै थियो कि कुनै सानो क्षेत्र, वर्ग र पेशा मात्र थाइल्याण्ड हैन, थाइल्याण्डमा यौन र छाडापनबाहेक पनि धेरै कुरा छ । उसले फेरि पनि नाम बताइन, बरु मेरो थेप्चो र नेप्टो नाक देखाउँदै अर्क बेडमा मसाज गर्दै गरेकी उसकी साथीलाई खै के के हो के के भनी । अन्तिम बाक्य चैँ मैले बुझ्ने नै थियो ‘सेम सेमू । मैले उसलाई के भनेको भनेर सोधेँ । मेरो नेप्टो र थेप्चो नाकले गर्दा म पनि उनीहरु जस्तै देखिन्छु रे भन्दै हाँसेकी रैछ । मैले फेरि नाम सोधेपछि भने उसले आफ्नो नाम बताई धेरै नै लामो नामको पछाडी उसले पुवाँ भनी । मैले उसको नाम सम्झन प्रयास गरेँ तर सकिँन । मैले उसको नाम उच्चारण गर्न नसकेको महसुस गरिछ क्यार उसले मलाई ‘पुवाँ’ मात्र भन्ने अनुमति दिई । पुवाँसंग नजिकिने उद्देश्यले तिमी मलाई निकै राम्री लाग्यो भनिदिएँ । उसको साथीतिर हेरेर हाँसी, यसरी हेर्दा त्यो थाइल्याण्डकी युवतीको सुन्दर मुहार लाजले रक्तिम बनाएको थियो । पल्लो बेडमा मसाज गराइरहेको मेरो अनुभवी साथी अनुजले मतिर हेर्दै जिस्क्याउने नियतले प्रश्नको तिर छोड्यो । के हो सर निकै मन प¥यो कि क्या हो ? मन प¥यो होइन माया लाग्यो थोरै भावुक हुँदै मैले जवाफ दिएँ, मसिना साना हातहरुले दिनभरिमा कति जनालाई मालिस गरेपछि यसको ड्युटी पूरा हुने हो ! अरुको मसाज गरेर मात्र पुग्ने हो या आफनो शरीरको मसाज ग्राहकलाई गराउनुपर्ने बाध्यता पनि छ ?ु यसले किन यही पेसा रोजेकी हो मलाई जान्ने उत्सुकता थियो । मसाज गरिरहेकी पुँवालाई मलै भैहाल्यो अब गर्न पर्दैन भनँे । उसले म सुतेको बेडको अगाडि भित्तामा झुन्डाइएको घडी हेरी र १५ मिनेट बाँकी भएको जानकारी दिँदै आफनो ड्युटी पूरा गर्न र बीचमा छोड्न नमिल्ने बताई । मलाई लाग्यो, मैले एक घन्टाको ऊ संगको साथ किनेको हो र अब १५ मिनेट मात्र बाँकी छ । ४५ मिनेटको प्रयासमा मैले उसको नाममात्र थाहा पाउन सकेको थिएँ । १५ मिनेटपछि ऊ अरु कुनै ग्राहकको सेवामा हुन्छे अनि मेरो मनभरि उसलाई देखेर उब्जिएका प्रश्नहरु अनुत्तरित नै रहनेछन् भन्ने लाग्यो । समयको सदुपयोग गर्दै मैले उसलाई सोधिहालेँ । पुँवा मलाई तिमी मन प¥यो के तिमी मसंग जान्छौ ? मेरो प्रश्नमा केही शब्दहरु छुटेका थिए वा समय छोटिएकाले म हतारिएको थिएँ, उसले के बुझी, जवाफ भने रुखो दिई ‘म त्यस्तोखाले केटी होइन । तँपाईलाई सेक्स चाहिएको हो भने लेडी बार या पार्लमा जानुहोला, म त यहाँ आफ्नो हातको सीपले मसाजसम्म गर्छु ।’ उसका आखाँमा थोरै रिस र धेरै घृणा प्रष्टै देखिन्थ्यो । सायद मसाजमात्र गराउने अभिप्रायले मसाज सेन्टरभित्र छिर्न मजस्ता भलाद्मी चरित्रहरु पनि ऊसंगको संसर्गले चरित्र बदल्दै यस्ता प्रश्न पहिला पनि धेरैले गरेथे होलान् उसलाई, उसको जवाफ बारम्बार भनिएर कण्ठस्थ गरेझै लाग्दथ्यो । उसको त्यो रुखो जवाफले म रोकिइँन । मैले उसलाई भने ‘मलाई तिमी मन प¥यो । म तिमीसँगै बस्न चाहन्छु । एकघन्टा किनेको समय होइन, इच्छा हुञ्जेल, भन त्यसका लागि के गर्नपर्छ ?’ यतिखेर भने ऊ अलि भावुक देखिई र भनी ‘हामी कला बेच्छौं सर, हातको कला, शरीरका लागि समुन्द्र किनार जानुपर्छ। उसले भनेको समुन्द्र किनार पटाया सहरसँगै जोडिएको समुन्द्रको किनार थियो जहाँ हरेक रात जाग्दथ्यो अनि दिन सुत्दथ्यो । रातभरि ग्राहकको प्रतिक्षामा बसिरहने सुन्दरीहरुको त घर नै त्यही समुन्द्र किनार नै हो भन्ने लाग्दथ्यो । कति सुन्दरीहरु टिफिनभरि खाना बोकेर आउँथे र ग्राहक खोज्दाखोज्दै थाकेका आँखालाई आराम दिँदै भोको पेटलाई खुसी बनाउँथे । उनीहरुको अनुहारमा गरिएको मेकअप अस्वभाविक लागे पनि त्यो पटाया सहरको बत्तीहरुको उज्यालोमा ती सुन्दरीहरुको मुहार खुलेको र चम्किलो लाग्दथ्यो । ‘तपाईंको समय सिद्धियो, अब जानुस् ।’ त रिसाइछ मैले उसलाइ फकाउने अभिप्रायले बेडबाट आफनो शरीर उठाउँदै भने म तिमीलाई मैसंग लाने कुरा गर्दैछु, नेपाल जान्छेउ ? मेरो कुराले खुसी भई या उसलाई आश्चर्य लाग्यो । मेरो साथी अनुजलाई मसाज गरिरहेकी उसकी साथीतिर हेरेर हाँसी । उसको साथीले पनि उसको हाँसोमा साथ दिई । दुबैजना खुबै जोडले हाँसे । मेरो साथी अनुज मलाई ट्वाल्ल एकहोरो हेरिराखेको थियो । मतिर हेर्दै पुँवाले ‘मैले मेरो आमालाई सोध्नुपर्छ ।’ भनी र उसले मेरो मोबाइल नम्बर मागी । मलाई आफ्नो अस्थायी मोबाइल नम्बर याद थिएन । अनुजलाई सहयोग गर्नलाई भनें । अनुजले आफ्नो मोवाइलमा हेरेर पटापट मेरो नम्बर भन्न थाल्यो । ‘त झुक्किछ, उसलाई अनुजकै नम्बर भन्ने लागेछ । मतिर हेर्दै भन् यु यु योर नम्बरु मैले उसलाई त्यो मेरो नै नम्बर हो भनेपछि कागजको टुक्रामा टिपी । मैले उसँग उसको नम्बर मागे । उसँग मोवाइल नै रहेनछ र उसको कोठामा पनि फोन नम्बर नभएकाले त्यही मसाज सेन्टरको फोन नम्बर दिई । मैले मन नलागी नलागी नम्बर टिपेँ । हामी छुट्टिने बेला भयो । मैले १०० भाट टिप्स भनेर उसको हातमा हालिदिएँ । उसका आँखा चम्किला र तेजिला भए । मलाई बाहिरसम्म पु¥याउन आई र भोलि आउनुस् है भनी । मैले हुन्छ भन्दै त्यहाँबाट बाहिरिएँ । मलाइ बाटोभरि अनुजले जिस्क्यायो । तर, म भने मेरा साथीहरुले बुझेको बैंकक र मैले भोगेको बैंककबीच फरक खोज्दैथे । कमल हिलोमा नै फुल्छ । के पुँवा कमल हो, भन्ने प्रश्न मनभरि खेलाउँदै मनभित्र तर्क र बितर्कलाई स्थान दिएकाले रातभर निदाउन सकिँन । भोलिपल्ट बिहान अनुजलाई लिएर मेरो लेखक अनि उत्सुक मन लाग्यो पुँवाको मसाज सेन्टरतर्फ । रातभरि जाग्ने र जीवित देखिने पटाया शहरको विशेषता भनेकै दिनभरि सुत्ने हुँदोरहेछ । शायद रात्री जीवनमा रमाउने बिश्वका अधिकांश शहरहरु यस्तै होलान् । पुँवाको मसाज सेन्टरमा पनि कुनै चहल पहल नै थिएन । खाली खाली जस्तो अँध्यारो मसाज सेन्टरमा छिर्दा पुँवालाई भने देखिएन शायद उसको छुट्टि भइसकेको रहेछ । उसको साथी भने ढोकामा नै राखेको काउण्टरमा बसिरहेकी थिइ । दिनको उज्यालोमै अँध्यारो लाग्ने मसाज सेन्टर त्यो माथि पुँवा नहुनुले मेरो लागि झनै अँध्यारो भएको थियो । परिचित हाँसो हाँस्दै उसको साथीले पुँवा आफ्नी आमालाई भेट्न घर गएको र बेलुका आउने कुरा बताई । हामीले धेरै बेर कुरा गर्न चाहेथ्यांै । तर, उसको अंग्रेजी राम्रो नभएकोले हामीले हाम्रो कुरा बुझाउन सकेनौँ । उ सफा कपी र कलम लिएर हामी भएको ठाँउतिर आईपुगी र मलाई ईशारा गर्दै दुइटा शब्द उच्चारण गरी ‘राइट लेटर पुँवा’ हामीलाई बुझ्न गाह्रो भएन । उसको साथी पुँवाका लागि मेरो हातबाट प्रेम पत्र लेखाउन चाहन्थी । सायद हिजो राति हामी निक्लिएर गएपछि उनीहरु दुईजनाको कुरा भयो होला र मैले नेपाल लैजान गरेको प्रस्तावमा उनीहरु पूर्ण विश्वस्थ भए होला । झलक्क याद आयो, शायद । आमासँग नेपाल जाने अनुमति लिन त गएकी हैन ? कल्पनाले रोमाञ्चित बनायो । साँच्चै पुँवा आमासँग स्वीकृति माग्न नै गएकी हो त ?’ स्वीकृति मागेर आई भने ? हातमा हल्लिराखेको सेतो कागजको टुक्रामा मैले विदेशी भूमिमा एक दिनअगाडि मात्र चिनेको विदेशी केटीलाई प्रेम पत्र लेख्नु थियो । कसरी लेख्ने, के लेख्ने र कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने जस्ता प्रश्नहरुलाई उत्तर दिँदै मैले मेरो जीवनको लगभग अन्तिम प्रेमपत्र लेखेँ । पुँवा तिम्रो मसाजमा जुन आनन्द छ, त्योभन्दा बढी तिम्रो औंलाको स्पर्शमा छ । तिम्रो मसाजको कलाले भन्दा तिम्रो पवित्रता र निश्चलताले मलाई सम्मोहित बनाइदियो तिमी साँच्चै फूल रहेछौ, हिलोमा कमल फुल्दछ । मैले तिमीलाई कमलकै संज्ञा दिएँ । म बैंकक फर्कनुपर्ने मान्छे, तिमीसँग भेट्नका लागि आज दिनभरि पटायातिरै हल्लिरहेको छु । तिमीलाई बेलुका भेट्न आउनेछु पर्खी बसे है ! अनुज मेशिनजस्तै मेरा पाइलाहरुलाई पत्याइरहेको थियो । अनि मेरा पाइलाहरु कहीँ नरोकी सिधै लागे पुँवाको मसाज सेन्टरतर्फ र रोकियो काउण्टर अगाडि । आएकी छ, तर अर्को कुनै कस्टुमरलाई मसाज गर्दैछ भन्ने जानकारीले उत्साहित मनलाई दुखी बनाइदियो । त्यो कस्टुमरप्रति रिस र इष्र्या पैदा भयो, खै एकै दिनमा पुँवा त मेरी हो भन्ने भावना कसरी आयो मलाई ? पुँवा अरु कसैसँग छ भन्ने कुरा थेग्न गाह्रो भयो मनलाई । तर, मेरो इष्र्यामा कुनै तुक नै थिएन । धेरै बेरको पर्खाइपछि पुँवा टावेलले हात पुछ्दै काउण्टरतिर आइपुगी । हाम्रो आँखा जुधे, उ हाँसी, म हाँसे, हामी दुबैजना हाँस्यौँ । उसको हाँसोमा परिचित कस्टुमरप्रतिको औपचरिकतामात्र थिएन । उसका ओठसँगै आँखाहरु रमाएका थिए । त्यहाँ आत्मीयता थियो । म फटाफट उसका पछाडि लागें र अघिल्लो दिनको बेडमा गएर बसें । उ मेरो नजिक आएर मलाई कपडा खोल्न अनुरोध गरिरहेकी थिई । मैले उसलाई आफूसँगै बसाल्दै भने ‘मलाई आज मालिस गर्नु छैन, तिमीसँग कुरा गर्नुछ ।’ कहिले जाने हामी पटायाबाट ? उसको प्रश्नको उत्तर दिँदै भने ‘म भोलि बिहान, अनि तिमी ?’ मेरो आवाज रोकियो, कुनै शब्द बोल्नै सकिँन मैले । तिमी पनि मसंगै भोलि जान्छौ ? भन्न म सक्तिनथे । अनि हामी जाँदैनौ, ममात्र जान्छु भन्ने हिम्मत नै थिएन । मैले उसलाई धोका दिएँ । उसको निश्चल आँखा, पवित्र मन, अनि त्यो मनमा पलाएका प्रेमका टुसाहरु निमोठिदिएँ । उसलाई म प्रेम गर्थे भने किन हिम्मत गर्न सकिनँ आफैसँग लग्ने ? अनि गर्दिनथँ भने किन गर्नुपरेको थियो मन परेका कुरा ? र, नेपाल लैजाने कुरा ? मैले उसलाई ऊप्रतिको आशक्ति देखाउँदै भने । ‘मेरो होटेलनजिकै छ, हिँड मसँग आज मेरो होटलमा । मलाई ऊसंग होटलमा सँगै सुत्ने इच्छा थियो या थिएन, तर उसको अन्तिम परीक्षा थियो त्यो । ऊ उत्साहित भई, उसलाई लाग्यो होला । अब त्यो मसाज सेन्टर छोड्दैछे सधैंका लागि अनि मसंग, म बसेको होटल हुँदै नेपाल जानेछे । उसले आफ्ना साथीहरुसँग विदा भएर आउने कुरा गरी । उसको शरीर खुसीले फुर्तिलो भएको थियो । उसको ओठमा मुस्कान मात्र थियो । अनि मुहारमा चमक, त्यो मुस्कान र चमकले मलाई दुख्न थाल्यो । मुटुलाई गह्रौ वस्तुले थिचे जस्तै भयो । म अत्तालिएँ उसलाई कसरी भनौं कि यी सब झुठ हुन् म तिमीलाई लिएर नेपाल जान सक्तिँन । तिम्रो निश्चलतामा मैले खेले । तिमी अवोध रहेछौ, वालकजस्तै विश्वास गरिहाल्यौ मलाई । म त खाली प्रयोग गर्दै थिएँ तिमीलाई बैंकक बुझ्नका लागि । साथीसंग बिदा माग्न जान थालेकी पुँवाको हात समातेर मैले उसलाई अर्कोपल्ट लिन आउने कुरा भनेँ । मेरा ओठहरु काँपिरहेका थिए अनि घाँटीबाट आवाज मुस्किलले निक्लिरहेको थियो । म भक्भकाइरहेको थिएँ र मेरो आवाज अँगार बनेर पुवाँको मुहारमा पोखिएझै भयो । उसको खुसीले उज्यालो भएको अनुहार एकाएक अँध्यारो भयो अनि आँखाहरु रसाउन थाले । मलाई उसका अगाडि अरु धेरैबेर बस्ने हिम्मत नै भएन । म रोइरहेको अवोध निश्चल अनि सुन्दर थाइ युवतीलाई दुःखमा एक्लै छाडेर उम्कन खोजेँ । म भाग्न खोजिरहेको थिएँ । उसको रोदन बाँड्दै थियो । उसको रुवाइले मसाज सेन्टरमा भीड नै जम्मा भयो । उसकी साथी मेरा अगाडि आइपुगी र मलाई गाली गर्न थाली । उसको अंग्रेजी मैले त्यति धेरै त बुझिँन तर, उसले मेरो साथीको भावनामा किन खेलिस् भन्ने प्रश्न गर्दै मलाई त्यहाँबाट निक्लिहाल्नको लागी भन्दै थिई । तिमीहरु सब उस्तै हौ, पैसाले भावना किन्न खोज्छौ, पैसाले पटायामा सेक्समात्र पाउँछौ भावना होइन । तँ मेरो साथीका लागि योग्य नै छैनस् निक्लिहाल् यहाँबाट’ भन्दै गाली गरिरहेकी थिई । पुँवा कुनामा बसेर रोइरहेकी थिई । उसका आँखाले मलाई एक्लै नछोड्नलाई अनुनय गरिरहेका थिए । उसका हातहरुले मलाई च्याप्प समातेको जस्तो लाग्यो । म हतार हतार त्यहाँबाट भागेँ, पुँवासँग भागेँ, मसाज सेन्टरबाट भागेँहामी भोलिपल्ट पटायाबाट बैंकक फर्कियौं । मेरो शरीर फक्र्यो, मन फर्केन, पुवाँको मसाज सेन्टरमा आफ्नो मन छोडेर शरीर एक्लै फर्कियो बैंकक ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image