गिलास उल्टो समात्दै कालेः होइन यो गिलास को मुर्खले बनाको यसमा पानी कसरी राख्ने हो अनि जसो तसो राखीहाल्यो भने पनि तलतिर खुल्लै छ, कसरी अडिन्छ पानी ।
काले र गोर बनमा घुम्न जादाँ एक्कासि अगाडि चितुवा आयो । चितुवालाई देखेर गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आखाँमा फ्याक्छ अनि कालेको हात समातेर भाग काले भाग काले भन्छ तर
कालेः म किन भाग्ने चितुवाको आखाँमा माटो त तैँले फालेको हो नि ।।
कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन् । कालेको श्रीमती आत्तिदै..ए हजुर उठ्नु न । घरमा चोर पस्यो ।
कालेः पस्न दे । म अहिले डिउटीमा छैन ।