गोरेले धेरै रक्सी खान्थ्यो । चुरोट पनि नियमित सेवन गथ्र्यो । उसकी पत्नी सुन्तली लाख कराउँदापनि उसले छोडेको थिएन । तर एक महिना यता सुन्तली चुपचाप रहन्थी । जति खाएपनि केहि बोल्दिनथी । बरु घरमै गोरेलाई रक्सी चुरोट खान सहयोग गर्थी । यस्तो देखेर गोरे अचम्ममा पर्यो । एक दिन
गोरे : हैन हो बुढी के भो तँलाई एक्कासी..? पहिला त रक्सी चुरोट खाँदा खुव कराउँथ्यौ …आजभोली त खुशी खुशी खान दिन्छौ…
सुन्तली : पहिला मलाई बेफाइदा मात्र थाहा थियो ..अहिले फाइदा पनि थाहा भो नि त्यसैले ..
गोरे : कस्तो फाइदा ..?
सुन्तली : तँपाइलाई किन भन्नु..?
गोरे : अनि तिमीलाई कसले भन्यो त …?
सुन्तली : इन्श्योरेन्स कम्पनीका कर्मचारीले …. गोरे बेहोश
--राजीब श्रेष्ठ--