• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

भाडो nepali story

‘भुजा खाने होइन ?’ श्रीमतीजीको मायालु पुकार । ‘आज खाने मन छैन ।’ श्रीमान्जीको महाबौद्धको झुसिलो डकार । आज उनले महाबौद्धको ममचा पसलबाट तात्तातो ममचा पेटभरि खाएर आएका छन् । त्यसैले उनलाई भुजा खाने मन छैन । ‘किन खानै मन छैन ?’ अघिपछि भैंसीले भुसा खाएजस्तै दुई थाल भुजा खाने श्रीमान्जीले आज खाने मन छैन भनेको सुनेर श्रीमतीजीले माया मिसिएको बोलीमा अलिकति झर्केर सोधिन् । ‘खाने मन छैन भनेपछि फेरि स्पष्टीकरण किन चाहियो तिमीलाई ?’

ONLINE HOME BASED JOB ( EARN MONEY) यसपटक श्रीमान्जी मासँगल्लीको पीरो वासको शक्ति निकालेर पड्किए । श्रीमतीजी ४४० भोल्टको करेन्ट लागेझैं झट्किइन् र तागतहीन भएझैं चुपचाप परतिर हच्किन् । ‘माया गर्दा ठटउकोमा टेक्नेलाई जेसुकै होस् । कुनचाहिँ छँडौलीकहाँ टन्न घिचेर आएको होला, अनि घरकी स्वास्नीको मायाको के ख्याल हुन्थ्यो !’ यसो भन्दै श्रीमतीजी भान्सातिर लागिन् । भान्सामा श्रीमान्जीको लागि भनेर मीठामीठा खानेकुरा पाकेको थियो, जसको बासनाले भान्साकोठा मगमगाइरहेको थियो । नखाएरै पनि जिभ्रोले स्वाद पाएझैं हुन्थ्यो मीठोमीठो परिकारको मीठमीठो बासनाले मीठामीठो खानेकुराको घाँस ख्वाएर एउटा सिफारिसमा श्रीमान्जीबाट तोकआदेश लाउने श्रीमतीजीको विचार थियो त्यो सब भताभुङ्ग होलाजस्तो भयो । श्रीमान्जीले नखाएपछि श्रीमतीजीलाई पनि खाने मूड भएन । खानेकुराहरू भाँडोमा हालेर फ्रिजमा हालिन् र बोर मानेर बेडरुमतिर लागिन् । त्यस्तो मेहनतले दिनभरि योजना गरी बनाएको खानेकुरा सब बासी हुने भयो । श्रीमतीजीलाई साह्रै नमज्जा लाग्यो । धेरै दिनपछि आज फेरि एउटा योजना बनाएको, त्यो पनि त्यसै खेर जाने भो । उनको बोल्ने मूड भएन, श्रीमान्जीको सुन्ने मूड भएन । योजना आज पनि योजना मात्रै बन्ने भयो । श्रीमान्जी खाटमा उत्तानो परिसकेको थियो, तर धन्य घुर्न भने थालेको रहेनछ । नत्र उनको मूड झनै खराब हुने थियो । बिहेको सुरुसुरुमा त श्रीमान्जी घुरेको सुनेर बाघै पो आएको हो कि भनेर उनी कतिचोटि त तर्सेकी पनि थिइन् । अहिले त बानी परिसक्यो, सब पचिसक्यो । तैपनि कहिलेकाहीं त मूड अफ बनाउँछ । श्रीमतीजी खाटको एक छेउमा टुसुक्क बसिन् । झ्याल खुल्लै रहेछ । झ्यालबाट छिरेको चिसो हावाले उनको कोमल गालामा स्पर्श गरेपछि उनले यो कुरा थाहा पाइन् । ‘झ्याल पनि नलगाई लडेछन्’ भन्दै ढ्याम्म झ्याल लगाइन् उनले । स्वारर्र पर्दा पनि तानिन् । पर्दाको एक छेउमा दाग लागेको देखेर एक्लै फतफताइन्, ‘कुन महाशयको काम हो, पर्दाले हात पुछ्ने ।’ यसो नियालेर दाग लागेको ठाउँमा छोएर हेरिन् । दाग लागेको ठाउँ त सुकेर कटकटिएको रहेछ । अलिअलि गन्ध पनि आउँदै रहेछ । उनलाई सोच्न करै लाग्यो । त्यो त हिजो राति उनको श्रीमानजीले पुछेको दाग पो रहेछ । राति रुमाल खोज्दा नभेटेर श्रीमान्जीले उभिइउभिई त्यही पर्दाले पुछेको थियो । छ्या ! उनलाई घिन लाग्यो । ‘हुस्सु मान्छेको चालै यस्तो, जहाँ पायो त्यहीं’ भन्दै उनी पुनः खाटमै टुसुक्क बस्न पुगिन् । ‘ए भाँडो ल्याऊ त भाँडो ।’ श्रीमान्जीले जुरुक्क उठ्दै हतारिंदै भन्यो । ‘कुन भाँडो ? कस्तो भाँडो ?’ श्रीमतीजीले पनि उसैगरी भनिन् । ‘कोपरा क्या कोपरा !’ ‘किन चाहियो कोपरा ?’ ‘छाद आयो क्या !’ ‘छाद आयो कि जाँड आयो ?’ ‘छाद भने नि जाँड भने नि आउने चीज एउटै हो ।’ ‘अर्थात् ?’ ‘अर्थात् झोल, अर्थात् चामलको झोल ।’ ‘होइन चामलको झोल । चामल कुहिएको झोल ।’ ‘हो हो त्यही हो ल ।’ श्रीमतीजीले हतपत्त कोपरा थापिन् । श्रीमानजीले ह्वाललल्ल गर्दै आधा कोपरा भरिदियो । कोपराभरि– –छाद आयो । – जाँड आयो । – छोयला आयो । – कचिला आयो । – ममचा आयो । – सेकुवा आयो । – भुटान आयो । – सित्तन आयो । सब थोक आयो । तर आउनै पर्ने कुरा आएन । – घुस आएन । – कमिसन आएन । – भ्रष्टाचार गरी कमाएको सम्पत्ति आएन । यी सबै पनि त्यसरी निस्किदिएको भए जँड्याहा मात्रै होइन, घुस्याहा भनेर पनि त प्रमाणित हुन्थ्यो । जनताले जुत्ताको माला लाइदिन्थे । तर किन यस्तो हुन्थ्यो । यो देशको माटो र हावापानी नै यस्तै छ । यहाँ यस्तै मान्छेहरू मात्रै जन्मिन्छन् । यस्तै मान्छेहरू नै ठाउँमा पुग्छन् । यस्तै मान्छेहरू नै दुई करोड सोझासीधा मान्छेहरूमाथि हैकम चलाउँछन् । अपराधी त देश हो । धोकेबाज त यो देशको माटो र हावापानी हो । यस्तै मान्छेलाई यो देशले स्वीकार्छ । यस्तै मान्छेलाई यो देशको हावापानीले घुस पचाउने शक्ति दिन्छ । कमिसन पचाउने शक्ति दिन्छ । भ्रष्टाचार लुकाउने शक्ति दिन्छ । एक कोपरा छादिसकेपछि उसलाई सन्चो भयो । घुस खाने मान्छेले जाँड खाएकोले हो कि, सबै बाहिरै आयो । घुस भए सायद लुक्थ्यो होला । ‘कस्तो एकैचोटि पेट उमठिएर आ’को ।’ उसले मुख कुल्ला गर्दै भन्यो । ‘स्वास्नीको मायाजस्तो हो त अन्तको ?’ श्रीमान्जीको कुराले श्रीमतीजीलाई फुर्किने मौका मिल्यो । यही मौकामा एकपल्ट फेरि मौका छोप्ने दाउ कसिन् श्रीमतीजीले । ‘हैन हजुर

 

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image