• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

योग्यता nepali story

यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा ।

मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट ।

सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको अन्त्य यस्तो छ -

एकजना अन्यन्त योग्य हाकिम हुन्छन् ।

उनको ईमान्दारीले देशका ठूलादेखि साना, वरिष्ठदेखि गरिष्ट सबै तहका नेताहरू रिझिएका छन् । उनको कार्य-कुशलता र कार्य-क्षमताले गर्दा उनीभन्दा माथि, मुनि, बराबरी-सबै स्तरका जागिरदारहरू, सहकर्मीहरू, सहधर्मीहरू प्रसन्न छन् । उनीसँग काम पर्ने सबै जनता उनको गुण मान्दछन्, प्रशंसा गर्दछन्, भन्दछन् - हाकिम हुन यस्तो पो हुनु । बिझाएको कसैलाई छैन । पिर मर्का पारको कसैलाई छैन । सबैलाई रिझाउन सक्ने, जे जस्तो अप्ठयारो काम आइपरे पनि मेलो मिलाएर गर्न जान्ने ।

साँच्चै नै उनमा योग्य नेताको नेतृत्व दिन सक्ने क्षमता, योग्य प्रशासकको निर्णय दिन सक्ने दक्षता, योग्य व्यवसायीको वातावरणको सूक्ष्म विश्लेषण गरेर तदनुरुप कार्यसिद्ध गर्न सक्ने कार्य-कुशलता, योग्य बुद्धिजीवीको देश काल परिस्थितिको गहन अध्ययन गरेर काम निकाल्न सक्ने पात्रता - सबै थोक छ उनमा । त्यसमाथि उनको सबैसंगको व्यक्तिगत सम्बन्ध कति सुमधर छ भने कसैले पनि उनीले भनेको कुरा काट्नै सक्तैनन् ।

कुनै पनि समाज के कस्तो छ भन्ने कुरा त्यस समाजका नेताहरू, प्रसाशकहरू, व्यवसायीहरू र बुद्धिजीवीहरूको बौद्धिक-नैतिक-चारित्रिक स्तरमा ज्यादै नै भर पर्दछ । यिनीहरू समाजका अगुवा हुन्छन् । यिनीहरूको कार्यकलाप समाजको लागि अनुकरणीय आदर्श हुन्छ । ती हाकिममा त्यस एकादेशको समाजका ती सबै वर्गहरूको चारित्रिक विशेषताहरूको योग थियो - उनी ती सबैका मानस-प्रतिनिधि थिए, प्रतीक थिए ।

उनी महान् थिए । उनलाई पाउने त्यो समाज धन्य थियो, त्यो देश भाग्यमानी थियो ।

कसै कसैमा योग्यता मात्र हुन्छ - तर जस पाउने भाग्य हुँदैन । उनी भाग्यमानी पनि थिए । देशले उनको योग्यताको कदर गरेको छ । उनले जागिरमा सदैव उन्नति गरेका छन् । सानै दर्जादेखि शुरु गरेका हुन् - ठूलो ओहोदामा पुगिसकेको छन् र एकादेशको प्रत्येक महत्वपूर्ण पाइलामा उनको विचारको कदर गरिन्छ । त्यसैले, पहिले त निकै साधारण औकातका मान्छे भए पनि अहिले निकै प्रगति गरिसकेका छन् - स्वाभाविकै हो ।

प्रगति भनेको सबैको हुनुपर्छ, अनि पो साँचो अर्थमा देशको प्रगति भएको ठहर्छ ।

दुर्गम जिल्लाको चाँडै विकास होस् भन्ने पवित्र उद्देश्यले नै हो, उनी जस्ता सुयोग्य हाकिमलाई राजधानीभन्दा टाढा रहेको अल्प विकसित जिल्लामा सरुवा वढुवा गरिन्छ । मान्छेले ठाने - त्यस जिल्लाको भाग्य चम्कियो ।

हुन पनि त्यहाँ बहाली गर्ने बित्तिकै त्यस जिल्लाको विकासमा अरु कुनै पनि हाकिमले नदेखाएको असाधारण चाख उनी देखाउन थाल्छन् । कत्रो लगनशीलता ।

दिन रात खटेर सबभन्दा पहिले उनी त्यस जिल्लाका बासीहरूको सबभन्दा महत्पूर्ण समस्याहरूको सर्वेक्षण गर्दछन् । सर्वेक्षणको परिणामको प्राथमिकता अनुसार वर्गीकरण गर्दछन्, जस अनुसार त्यस जिल्लाको नंबर एक समस्या रहेछ कुपोषण, दोस्रो अज्ञान, तेस्रो गरिबी, चौथो संचार-यातायात ……॥

सर्वेक्षणको विश्लेषण र निष्कर्षहरू ज्यादै तर्कसंगत हुन्छन् । सबभन्दा महत्वपूर्ण कुरा हो जीवित रहनु - जसपछि नै अरु कुनै समस्या हुन सक्छ । ठिक - ढंगले बाँच्न सन्तुलित भोजन अनिवार्य छ । अतः पहिलो पाइलो हुनपर्दछ - कुपोषणको अन्त्य गर्नेतिर प्रयास ।

कुपोषणको अन्त्यपछि जीवन रहन सकिन्छ, तर अज्ञानरुपी अन्धकार छउन्जेल ठीक ढंगले बाँच्न सक्नु असंभव छ । यो अज्ञान हराउन शिक्षाको व्यापक प्रसार चाहिन्छ - यस्तो शिक्षा जसले सुन्दर जीवन विताउनका लागि चाहिने ज्ञान-सिप सबै देओस् ।

फेरि, जानेर मात्र हुँदैन - जानेको कुरा व्यवहारमा कसरी उतार्ने ? त्यसमा अवरोध हुन्छ - गरिवी । साधन-सम्पन्न नभैकन ज्ञानको पनि अर्थ हुँदैन - त्यसका लागि उद्योग व्यवसाय हुनुपर्यो, संचार-यातायातका माध्यमहरूको विकास हुनुपर्यो, आदि आदि ।

उनको सर्वेक्षण प्रतिवेदनमा यसरी समस्याहरूको अन्तस्रम्बन्ध र प्राथमिकताहरूको प्रशस्त विश्लेषण गरिएको हुन्छ । पढ्दा लाग्छ - उनी साँच्चै प्रतिभावान शोध-प्राज्ञ हुन त स्वाभाविकै थियो - जागिरका यतिका वर्षमा उनले विश्वका सबैजसो प्रमुख देशहरू - अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, सोभियत संघ, चीन, जापान, अस्ट्रेलिया, आदिमा विभिन्न तालिम-उपाधि हासिल गरेका थिए एवं अनेकानेक कार्यशाला-गोष्ठीहरूमा अत्यन्त सक्रियतापूर्वक सफल सहभागिता गरेको थिए ।

तर उनी प्रमुख शोध-प्राज्ञ मात्र नभएर एक सुयोग्य व्यवस्थापक पनि थिए, जसलाई थाहा थियो - असल व्यवस्थापकले समस्या मात्र होइन समस्याका व्यावहारिक समाधानहरू पैल्याउनु पनि उत्तिकै आवश्यक हुन्छ ।

त्यसकारण उनले सर्वेक्षणको प्रतिवेदनका साथै समाधानको योजना पनि प्रस्तुत गर्दछन् ।

समाधान योजना तीन तहको थियो - (क) प्रायोगिक (पाइलट प्राजेक्ट), (ख) जिल्ला स्तरीय र (ग) राष्ट्रव्यापी योजना जुन राष्ट्रिय स्तरमा संचालित गर्ने लक्ष्य राखिएको थियो ।

(क)प्रायोगिक योजना पाइलट प्रोजेक्ट

यस योजना अनुसार यस जिल्लाको सबै दृष्टिले सबभन्दा पाइक पर्ने ठाउँमा माछा पाल्ने योजना शुरु गर्ने । योजना पैसा कमाउने दृष्टिले होइन कुपोषण अन्त्य गर्ने लोकोपकारको भावनाले वढी प्रेरित भएको हुने । माछा पाल्ने पोखरी(हरू)को निर्माण कार्यदेखि नै स्थानीय जनतालाई प्रत्येक कार्यमा व्यावहारिक रुपमा संलग्न गराएर माछा पालेर कसरी कुपोषण, अज्ञान र गरिवी समेतको अन्त्य गर्न सकिन्छ भन्ने नन फर्मल एजुकेसन दिने । यसरी एकै पटक कुपोषण अज्ञान र गरिवी समेत सबैभन्दा प्रखर तीनैवटा समस्याको समाधानको चेष्टा गर्ने ।

(ख)जिल्लास्तरीय योजना

यसरी प्रायोगिक स्तरमा योजना सफल भैसकेपछि र प्रायोगिक योजनाको सफलताले वरिपरिका जनताहरू कुपोषण, अज्ञान र गरिबीबाट मुक्त भैसकेपछि जिल्लाका अरु जनतामा पनि माछा पाल्ने योजनाबारे दिलचस्पी जागृत मैसकेको हुनेछ । त्यस अवस्थामा, जनश्रमद्धारा जनताकै लागि, जनताकै स्वामित्व हुने गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट केवल प्राविधिक सहयोग मात्र प्रदान गरेर जिल्लाव्यापी रुपमा माछा पाल्ने अभियान संचालन गराउने ।

(ग)राष्ट्रव्यापी योजना

एउटा जिल्लामा सफलतापूर्वक योजना संचालन मैसकेपछि यो योजना समस्त देशभरि नै संचालन गर्ने, तथा अन्य विकासोन्मुख देशहरूबाट प्राविधिक सहयोगको माग भैआएमा हाम्रा अनुभवले खारिएर दक्ष भैसकेका प्राविधिकहरू पठाएर आपसी मित्रता झन् सुदृढ पार्ने परराष्ट्र नीति सफलीभूत गर्ने ।

यस प्रकार क्रमैसँग देशभरिका जनताले माछा पाल्ने योजना संचालन गरेपछि कुपोषण र अज्ञानको अन्त्य हुने मात्र होइन, माछा बेचेर मात्र पनि उनीहरूको आर्थिक स्थिति सप्रन्छ । माछाको वेचविखन गर्ने बजार व्यवस्थाका लागि ओसार पसार गर्नु अत्यन्त आवश्यक हुने हुँदा देशका बाटा घाटा पुल आदिको निर्माणमा पनि उनीहरू सामेल हुन वाध्य हुन्छन् । यसरी माछा पाल्ने योजनाको सामेल सफलतामा नै देशको सर्वाङ्गीण सफलता निहित छ भन्ने कुरा हाकिमको प्रतिवेदनमा किटेर भनिएको हुन्छ ।

प्रतिवेदनको सर्वत्र प्रशंसा हुन्छ । देशका प्रमुख पत्रिकाहरूले यसको गहनता, अर्थवत्ता, समसामयिकता, व्यावहारिकता, दुरदर्शिता र उपयोगिताबारे सम्पादकीय लेख्छन् र रेडियोबाट बराबर सम्पादकीय समीक्षा आउन थाल्छन् र शव्दकोषका मिठा विशेषण, क्रियाविशेषण सबै रित्तिन्छन् ।

प्रतिवेदन स्वीकृत हुन्छ । प्रायोगिक योजनाको काम शुरु हुन्छ । माछा पाल्ने पोखरीको नाउँ हुन्छ - विकासे पोखरी । प्रधानमन्त्रीले उद्घाटन गर्नुहुन्छ । अखबारमा उहाँले कोदाली लिएको तस्वीर छापिन्छ । उद्घाटन भाषणमा उहाँले भन्नुहुन्छ - जसले विकासे पोखरीको विरोध गर्छ, त्यसको टाउकोमा मृत्युको घण्टा बज्ने छ ।

माछा पाल्ने ठूलो पोखरी, फुल पार्ने सानो पोखरी, भुरा हुर्काउने मझयौला पोखरी आदि सबै खनिन थाल्छन् । पहिलो खेप निर्माण कार्य प्रारम्भ गर्न दस लाख प्रचलित मुद्राको निकासा हुन्छ ।

हाकिमलाई अब त सास फेर्ने फुर्सद पनि हुँदैन । यसै त व्यस्त मान्छे । विकासे पोखरीको काम जोडतोडले चलिरहेछ । राजधानीबाट टाढा पर्ने भए तापनि त्यहाँको प्रत्येक गतिविधिमा राजधानीले चाख लिएको छ । विकासे पोखरीका सबै विकासक्रमको राजधानीमा तुरुन्त खबर हुन्छ - प्रगति प्रतिवेदनद्धारा ।

जिल्लाबाट प्रगति प्रतिवेदनहरू बस्रन थाल्छन् - योजना अनुसार विकासे पोखरी निर्माणस्थल वरिपरिको जग्गा अधिग्रहण भैसकेको छ । खन्ने काम जोडतोडसँग चालू छ । काममा लक्ष्यभन्दा वढी प्रगति भैरहेको छ । खन्ने काम समाप्त प्राय भैसक्यो । हाकिम साहेब विकासे भुरा लिन समुद्रपारि जानु भैसक्यो उहाँले आफ्नो साथमा थरि थरिका विकासे भुरा लिएर आइसक्नुभयो । विकासे भुरा पोखरीमा छोडिए भुराको बडो राम्रा विकास भैरहेको छ ।

तर अन्तिम प्रतिवेदनमा बज्रपात हुन्छ - एकाएक विकासे भुरामा महामारी रोग फैलियो । सकेसम्म औषधोपचार गर्दा गर्दै पनि सबै भुराहरू मरे ।

यो के आपत आइलाग्यो ।

तथ्यको अध्ययन गर्न एक जना उस्तै कहलिएका सुयोग्य हाकिम जान्छन् जो माछा पाल्ने सम्बन्धमा प्रख्यात प्राविधिज्ञ पनि हुन् । उनले राम्ररी अध्ययन गर्छन । पहिले त उनी जिल्लावासी योजनाकार हाकिमको कुरासँग सहमत हुँदैनन् - तर पछि दुवै जनाको कुरा मिल्छ । राजधानीबाट अध्ययन गर्न जाने हाकिमले यथार्थ वस्तुस्थिति बताउँदै आफ्नो प्रतिवेदनमा के लेख्छन् भने सो घटना भवितव्य हो - यसमा कुनै व्यक्ति विशेषको दोष छैन । यस योजनाका योजनाकार तथा संचालनका जिम्मेवार हाकिमले मरीमेटी मेहनतापूर्वक काम गरेका हुन् । यिनको सेवा तथा योग्यताको जति प्रशंसा गरे पनि कम नै हुनेछ । अन्त्यमा, आगामी वर्षमा विशेष औषधी आदिको व्यवस्था गर्न रेगुलर बजेटका अतिरिक्त वढी दुई लाख प्रचलित मुद्राको निकासा दिने सिफारिस गरिएको हुन्छ, जुन सदर हुन्छ ।

जे हुन दुःखद घटना भैसकेको थियो । वितेको कुरामा दुःख मानेर समय बिताउनु बुद्धिमानी थिएन । आफ्ना हातमा वर्तमान मात्र हुन्छ - जसको सदुपयोग गर्न जान्नुलाई नै योग्यता भनिन्छ । त्यसैले हाकिम झन वढी निष्ठा र सक्रियतापूर्वक काममा जुट्छन् ।

तर दैवको इच्छा मान्छेको भन्दा बलियो हुन्छ । दैवको इच्छा अगाडि हाकिमको केही लाग्दैन । दोस्रो वर्ष पनि हुर्कन-हुर्कन लागेको बेलामा बज्रपात पर्छ - सारा माछा रोगले स्वाहा हुन्छन्, एकै चिहान हुन्छन् ।

यस वर्ष पनि उसै गरी जाँचकी आउँछन् - पोहोरको भन्दा झन् ठूला हाकिम - झन् ठूला प्राविधक विशेषज्ञ । पोहोर जस्तै दुई हाकिमहरूका बीच पहिले मतैक्य भएको हुँदैन - पछि हुन्छ । पोहोर जस्तै जाँचकी हाकिमले अध्ययन प्रतिवेदन दिन्छन् र यसपाली झन् विशेष पूर्व सावधानीहरू औषधोपचार व्यवस्थापन आदिको लागि रेगुलर बजेटमा चार लाख प्रचलित मुद्रा थप गर्ने सिफारिस गर्छन, जुन सदर हुन्छ ।

तेस्रो वर्षको काम हाकिमले तेब्बर उत्साहका साथ गर्न थाल्दछन् ।

तेस्रो वर्ष पनि विकासे पोखरीमा त्यस्तै दुःखद घटना हुन्छ । सबै माछाको अकाल मृत्यु हुन्छ ।

यस पटक स्थितिको बहु आयामीय अध्ययन गर्नका लागि एक मन्त्री स्तरी विशिष्ट टोलीका गठन हुन्छ । टोलीका सदस्यमा देशका वरिष्ठ नेता, विधायक, न्यायविद, प्रशासक, व्यवसायी, पत्रकार र बुद्धिजीवीको समेत प्रतिनिधित्व हुन्छ । सबभन्दा धेरै संख्या प्राविधिकहरूको हुन्छ त्यस टोलीमा ।

गहन छानविन शुरु हुन्छ ।

अन्त्यमा विशिष्ट टोलीले के पत्ता लगाउँदछ भने एक थरि विशिष्ट जीवाणुले गर्दा विकासे पोखरीका माछामा सो महामारी फैलिएको हो । सो जीवाणुको आजसम्म संसारमा औषधी बनिसकेको छैन । सो पोखरीमा भविष्यमा कुनै पनि समयमा सो जीवाणुको आक्रमण हुने संभावना छ । सो पोखरीमा सो जीवाणु उत्पन्न हुनाको कारण सूर्यबाट आउने एकथरि विशिष्ट प्रकाश किरणले गर्दा हो । सो रोक्न सम्भव छैन । लाखौं पोखरीमा एक दुईमा कहिलेकाहीं यस्तो घटना हुन सक्ने कुरा वैज्ञानिकहरूले बताएका छन् । तर सो विकासे पोखरीमा फेरि माछा पाल्ने प्रयत्न गर्नु जनताको लागि खतरनाक हुनेछ । किनभने कसैले पनि सो जीवाणुले गर्दा मरेको माछा खाए भने तत्कालै मानिसमा पनि महामारी फैलने छ । अतः सो पोखरीलाई पुर्ने व्यवस्था शीघ्रतिशीघ्र हुनुपर्दछ ।

बैज्ञानिक ढंगले पोखरी पुर्नका लािग दुई लाख प्रचलित मुद्रा सदर हुन्छ ।

माछा पाल्ने योजना त उत्कृष्ट छँदै थियो । कारण विशेषले एक ठाउँमा असफल हुँदैमा योजना नै पन्छाउने प्रश्न नै थिएन - यो मूर्खता कसले गर्ने ?

अतः विकासे पोखरीको जिल्लाव्यापी र राष्ट्रव्यापी योजना संचालन गर्न ती हाकिमको विभागीय प्रमुखका रुपमा राजधानी सरुवा बढुवा हुन्छ ।

विकासे पोखरी सम्बन्धी भित्री काम गर्ने एक दुई जना, महामारीको कारण जाँच गर्न आउने विभिन्न टोलीका सदस्यहरू बाहेक अरु कसैलाई पनि कहिल्यै यो थाहा हुन सकेन - विकासे पोखरी केवल कागतमा खनिएको थियो, धर्तीमा होइन ।यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा ।

विकासे पोखरी सम्बन्धी भित्री काम गर्ने एक दुई जना, महामारीको कारण जाँच गर्न आउने विभिन्न टोलीका सदस्यहरू बाहेक अरु कसैलाई पनि कहिल्यै यो थाहा हुन सकेन - विकासे पोखरी केवल कागतमा खनिएको थियो, धर्तीमा होइन ।

ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image