बन्धकी/धुलाम्मे र खाल्टा खुल्टी भएको कच्ची सडकमा पुरानो थोत्रो साइकल गुडाउँदै म अफिसबाट घरतिर जाँदै थिए“ । दश वर्ष पहिले किनेको साइकल चुईचुई आवाज निकालिरहेको थियो । सडकमा गुडेका ट्रयाक्टर र मोटर साइकलले उडाएको धुलोको मुस्लो आँखा, कान, नाक र मुखमा पसिरहेको
थियो । एक हातले साइकलको ह्याण्डिल समालेर अर्काे हातले चुरोटको सर्काे तान्दै चुरोटको धुँवामा सडकको धुलो बिर्सने असफल प्रयास गरिरहेको थिए“ । अफिसबाट दुई किलोमिटर कच्ची सडकमा गएपछि करीव एक सय मिटर पर खेतको बिचमा घर छ मेरो ।
‘टायलले छाएको पुरानो माटोको घरका धेरै टायलहरु फुटिसकेका
छन् । वर्षाद सुरु हुन करीव दुई महिना बाँकि छ । पोहर सालको वर्षामा प्लास्टिकले छोपेर काम चलेको
हो । यसपालाको वर्षा घरले थेग्ला जस्तो छैन । घरबाट मुल सडक सम्म आउने एक सय मिटर बाटोमा पनि वर्षाको समयमा पानी भरिएर कम्मरसम्म आउँछ । त्यसमा माटो भर्न पाए सजिलै आवतजावत गर्न सकिन्थ्यो । सरकारले यसपाली तलब राम्रै बढाएको थियो । अहिले घरको टायल बदल्न र घर आगाडिको बाटोमा माटो हाल्न सकिन्छ भन्ने लागेको थियो । तर बजार भाउ यसरी ह्वात्तै बढ्यो कि घर चलाउन फेरि पनि धौ धौ भयो । पहिले जागेको आशा निराशामा बदलियो । प्रत्येक दिनको खर्च त्यत्तिकै बढ्दो छ । तरकारी, चामल, चिनी खानेतेल, मट्टी तेलको भाउ बढेर आकास छोइसक्यो । कसरी बाँच्ने ? छोरीको विवाह गर्ने बेला भइसक्यो । छोराको पढाइको खर्च त्यत्तिकै महङ्गो छ । कसरी खर्च धान्ने हाला ? बडो कठिन जमाना आयो । कसैले दुई पैसा उधारो
दिदैँन ।’ यस्तो कुराहरु मनमा खेलाउँदै साइकल चलाउँदै जाँदा बाटोमा को को भेटिए ? मोटरसाइकल, ट्राक्टर कतिवटा भेटिए ? बाटो कसरी काटेर आँए ? केही संझना भैरहेको थिएन, एकाएक कतैबाट आएको चर्को आवाजले झसङ्ग भएँ । ‘कताबाट हो, एक बहादुर जी ?’
आवाज आएतिर हेर्दा विपरित दिशातिरबाट पैदल हिडेर मेरा साथी कालीबहादुर आइरहेका थिए । प्राथमिक विद्यालयदेखि हाइस्कुल सम्म सँगै पढेका साथी । एकै वर्ष एस.एल.सी. पास गरेका मेरा मित्र एस.एल.सी. पास गरेर पढाइ छोडेका थिए । केही समय प्राथमिक विद्यालयका शिक्षक भई छोडेर व्यापारमा लागेका थिए । व्यापार बिग्रेपछि केही समय बौलाए पनि हाल राजनीतिमा लागेर सप्रेका
थिए । मनमा खुसी लाग्यो । बाल्यकालका साथीसँग भेट भएर सुख दुःखका कुरा गर्नु आफ्नै किसिमको आनन्द हुन्छ । निस्वार्थ घेटघाट हुन्छ, पुराना कक्षाका सहपाठीहरुसँगको भेट । झट्पट साइकलबाट ओर्लेर हात मिलाउँदै सोधे ‘कताबाट आउनु भो कालि बहादुर जी !’
दह्रोसँग हात मिलाउँदै उनले भने ‘यतैतिर गाउँमा गएको थिएँ । दुई चार ठाउँमा जनभेलाहरु गरियो । यस्तै सङ्गठन निर्माण गर्दै अनि तपाईहरु जस्ता पुराना साथीहरु खोज्दै पनि हिँडेको छु । मौकाले भेट भयो । आउनुहोस्, चिया पसलमा बसेर गफ पनि गरौँ, चिया पनि पिऊँ ।’
मलाई पनि ज्यादै भोक लागेको थियो । बिहान नौ बजे खाएको मसुरोको दाल र भात यस बेला सम्म के टिक्थ्यो ? दिउँसो चिया पिउन निस्क्यो भने दुई÷चार जना साथीहरुलाई पनि चिया खुवाउनु
पर्दछ । प्रति कप सात रुपैयाँले पनि तीस÷चालिस रुपैयाँ त खर्च
भैहाल्छ । बरु दुई गिलास पानीले दिन गुजार्न सकेपछि चालिस रुपैयाँका मकै र भटमास लियो भने पाँच जनाको परिवारलाई नास्ता हुन सक्छ । त्यसैले दिउँसोको नास्ता खान छोडेको धेरै भैसकेको थियो । आज पुराना साथीले एक गिलास चिया खुवाए पछि किन नखाने ? यति सोच्दै उनको पछि लाग“े, धेरै पुरानो हिरो साइकल डो¥याउँदै । केही समय हिडेपछि एउटा कर्कट पाताले ओतेको छाप्रोमा चिया पसल
थियो । त्यही छाप्रोभित्र पस्यौं । साथीले पसल मालिकलाई आदेश गरे ‘पहिले एक एक गिलास चिसो पानी, त्यस पछि एक एक गिलास चिया र दुई दुई समोसा दिनुहोस् ।’
नेपालगञ्ज नगरको नजिकै पर्ने त्यो सानो गाउँ, गर्मी चरम अवस्थामा थियो । कर्कट पाता तातिएर तताएको तावा जस्तो भएको थियो । तातो रापले गर्दा बस्न मुस्किल थियो । पसिना चुहाउँदै कुराको थालनी साथीले नै गरे ।
‘छोराछोरी कति जना छन् ? कहाँ पढ्छन् ? कति कति कक्षामा
पढ्दछन् ? कति कति उमेरका
छन् ? भाउज्यूको माइती कता
होला ? मागी विवाह कि प्रेम
विवाह ? भाउज्यूका दाजुभाइ, दिदी बहिनीहरु कति कति ? सासू ससुरा सकुशलै ? आमा बाबु कता
हुनुहुन्छ ? घर कहिले बनाउनु
भयो ?” आदि आदि प्रश्नहरु
सोधे । मैले अनुशासित विद्यार्थीले आफ्नो शिक्षकले सोधेका प्रश्नको उत्तर दिए जस्तै प्रश्नका उत्तर दिँदै गएँ । त्यस पछि आफ्नो पनि बेली विस्तार लगाए ।
‘छोरा दुईवटा, ठुलो छोरा आई.ए. पढेको, पार्टीको गाउँ कमिटि सदस्य, बुहारी पनि पार्टीमै काम गर्ने, कान्छो छोरा १०+२ मा पढ्दै गरेको, घर बनाएको पाँच वर्ष अघि । चार कोठाको पक्की एक तले, पत्नी जाजरकोटकी, प्रेम गरेर भगाई ल्याएको ठकुरीकी छोरी आदि आदि भने पछि उनका छिमेकीले रक्सी पिएर गर्ने गरेको हल्ला, अर्का छिमेकीकी श्रीमती परपुरुषसँग सल्केको कुरा, उनै छिमेकीकी छोरीको असफल प्रेम र छोराको ड्रग खाने बानी’ आदि कुराहरु गरे ।
कुराकानीको क्रममा हामीले चिया र समोसा खाइसकेका
थियौँ । मित्रले फेरि चिया मगाए । उनले आफ्नो स्वास्थ्यको कुरा, घर व्यवहारका कुरा, छोराछोरी, पत्नी, पहाडको घर, छिमेकी सबैका कुरा गरेपछि राजनीतिका कुरा निकाले । अहिले नयाँ नेपाल निर्माण गर्ने क्रममा जनताको ठुलो भूमिका रहेकोले तपाईको सहयोगको आवश्यकता छ, तपाई हामी देश र जनताका समस्याहरु बुभ्mने मान्छेहरु देश र जनताको लागि जीउज्यानले लाग्नु पर्छ भने । उनका कुरा टुङ्गिने केही कतै लक्षण थिएन । पूर्वको जापान देखि दक्षिण अफ्रिकासम्म, इराक र अफगानिस्तानका समस्या, कोरियन प्रायदिपको समस्या, फकल्याण्ड टापु, मध्यपूर्वको जागरण आन्दोलन, पर्ल हावर टापुको समस्या आदिको विषयमा बताए । हालको महाशक्ति राष्ट्र अमेरिका आउँदो पचास वर्ष भित्र असफल राष्ट्रमा पतन हुने र त्यसबेला भारत, चीन र दक्षिण अफ्रिका महाशक्ति राष्ट्रमा परिवर्तन भै विश्व त्रिध्रुवीय हुने प्रवल सम्भावना व्यक्त गरे ।
मलाई अचम्म लाग्यो । कति धेरै कुराहरु जानेका होलान् मेरा
मित्रले । सायद विश्वका ठुला ठुला नेताने पनि यति जानेका छैनन्
होला । उनको अगाडि म त साह्रै अज्ञानी ठहरिएँ, भर्खर अक्षर चिन्न थालेको बालक जस्तो । आपूmलाई त घर व्यवहार कसरी चलाउने भन्ने कुरा सोच्दैमा कहिल्यै फुर्सदै
भएन । आज धेरै कुरा सिक्न पनि पाइयो, चिया पनि खाइयो । मन मनमा सन्तोष लागेको थियो । निकै जाती मानिस लाग्यो । विद्यालय छुटेपछि यसरी सँगै बसेर कुराकानी गरिएको थिएन ।
मित्रको कुरा टुङ्गिदा साँझको सात बजी सकेको थियो । चिया पसले पनि दिक्क भएको थियो होला, पटक पटक हेर्दथ्यो । तीन तीन कप चिया र चार चारवटा समोसा खाइसकिएको थियो । मेरो पनि घरमा जरुरी काम थियो, चाँडै जानुपर्ने, बल्ल पो सम्झिन पुग“े । मेरा मित्र काली बहादुर उठे । सबै जेवहरु छामे । ‘पैसा राखेको पर्श त कता खसेछ, मलाई क्षमा
गर्नुहोला । आजलाई चिया नास्ताको पैसा तपाईले तिर्नुहोला । फेरि कुनै दिन म तिरौँला । ल त म गए“ ।’ भन्दै हात मिलाएर बाहिर निस्किए । फटाफट हिँडी हाले ।
मैले केही भन्ने समय नै पाइन । उनी गएको तिर हेरिरह“े मात्र । चिया नास्ताको रकम बयासी रुपैयाँ भएको रहेछ । आपूmसँग केवल चालिस रुपैयाँ मात्र थियो । त्यही चालिस रुपैयाँ निकालेर पसलेलाई दिँदै बिन्ती गरे ‘साहु जी म सँग अहिले यति मात्र छ, यो लिनुहोस् । बाँकि पैसा भोलि आफिस जाँदा दिनेछु ।”
साहुले जङ्गिदै भन्यो “पैसा नहुने मान्छेले तीन÷तीन कप चिया र चार चार वटा समोसा किन खाने ? एक÷एक कप चिया खाए
हुँदैनथ्यो ? होटलमा बसेर तीन घण्टासम्म किचकिच कुरा गर्ने, अरु पनि ग्राहक आउँछन्, ठाउँ छोड्नुपर्छ भन्ने कुरा पनि नसोच्ने । अहिले पैसा छैन भन्ने ? खुरुक्क पैसा निकाल्नोस् ।’
मैले अनुनय गरें । ‘साथीले चिया खाउँ भने । आपैm पैसा देलान् भन्ने सोचे“ । पुराना सँगै पढेका साथीसँग भेट भएपछि चिया पिउनजाउ“भन्दा जान्न कसरी भन्ने ? उनले यस्तो व्यवहार गर्लान् भनेर सोँचिन । मेरो त्यही गल्ती भयो । म वेमान गर्ने मान्छे होइन । आजसम्म कसैको एक सुक्का ठगेको छैन । बरु एक छाक भोकै बसेको छु । तपाइको पैसा तिर्नेछु । मलाई जान
दिनुहोस् ।’
उसले मानेन । देवी देवताको नाममा कसम खाँदा पनि छोडेन । अन्तमा बयालिस रुपैयाँको लागि आफ्नो दश वर्ष देखि चढ्दै आएको पुरानो हिरो साइकल बन्धकी राखेर कठिन पाइला चाल्दै घरतिर लागेँ ।
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal