केही महिनाको लागि गाउँ छोडेर काठमान्डौँ जानू थियो। जानू भन्दा अघिल्लो दिन बेलुका पख उनी संग भेट भयो सधैं भेट्ने फलैंचामा। उनले आँखा भरी आँसु पारेर मलाइ हेर्दै भनिन "नगइ नहुने नै हो र? मैले उनलाइ मायालु स्वरमा जवाफ दिएं "जानू त पर्यो नि काली, काम नै त्यस्तै छ। यहाँ हुदैन।" उनले मेरो हात पकडेर उस्तै रुञ्चे स्वरमा बोलिन "कसरी बिताउनु होला त्यत्रो दुई महिना सम्म नभेटी......?" मैले उनको कुम माथी हात राखी आफू पट्टि तानेर सम्झाउदै भने "यसरी रुञ्चि नहोउन काली। म आइ हाल्छु नि चांडै। फोनमा गफ गरौंला नि।" उनी आंखाबाट पिलपिल आँसु बगाउंदै मेरो छातिमा टांसिइन अनि भनिन "सधैं भेट्ने बानी भइ सकेछ... अबत एक दिन नभेट्दा पनि दिन काट्न गाह्रो हुन्छ।" मैले उनको निधारमा चुम्बन गर्दै भने "यसरी नरोउन काली, मलाइ जान मन लाग्दैन फेरि.. हांसी देउन एक पटक प्लिज।" उनले मेरो अनुहारमा हेर्दै आँखा भरी आँसु भरेर रुञ्चे हांसो हांसी दिइन जबरजस्ती। मैले उनलाइ दुबै हातले कसेर अंगालोमा बेरि रहें धेरै बेर सम्म.....। समय बदलियो अनि समय संगै सबथोक बदलियो। अचेल म घरी-घरी आफ्नै मन संग प्रश्न गर्छु "दुई महिनाको लागि म भन्दा टाढा हुन नसक्ने उनले जीवन भर म संग टाढाहुने निर्णय कसरी गरिन होला ?" मेरो मनले जवाफ दिन्छ "समय संगै मान्छेका मन पनि बदलिन्छन लाटा।" म रिसाउंदै आफ्नै मनलाइ जवाफ फर्काउछु "ए मन, त्यसोभए तं किन बदलिनस जवाफ दे त....?" --राजीब श्रेष्ठ--
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to Lumbini Bus Service.www.hamrobus.com is Free Bus Booking Service of Nepal, buy bus tickets, reserve tickets, online payment, trips to Nepal, hamrobussewa provides First real online booking portal ...