मुखमा राम राम बगलिमा छुरा हुनु हुंदैन।
जात,भात,उच र निचको कुरा हुनु हुंदैन।
बुझ युवा समाजमा शान्ति एकता सुदृढ़ गर्न,
अन्याय,हत्या,हिंसा गर्ने पाखुरा हुनु हुंदैन।
शान्तिका गीत गांउदै उठ्नु पर्छ युवा।
गाउँ गाँउबाट जुर्मुरांउदै उठ्नु पर्छ युवा।
बुद्ध भूमि अशान्तिको बादल भित्र हुनु हुन्न,
शान्ति संदेश फैलाउंदै उठ्नु पर्छ युवा।
बमको होइन कलमको युद्ध हुनु पर्छ।
क्रोध इर्ष्या त्यागी आत्मा शुद्ध हुनु पर्छ।
दिगो शान्ति कायम गर्न युवाहरूको,
मन वचन अनि कर्ममा बुद्ध हुनु पर्छ।