कठै जनता ! कसै संग झुक्न चाहंदैनन् ।
नेता भने दाम्लो भिर्छन फुक्न चाहंदैनन्।
मेसो मिला सरकार देशमै दुख गरी खाने,
लाखौं जवान खाडी मै सुक्न चाहंदैनन्।
मातृकोख सुख्खा छोडि गंडकी र कोसी पनि,
पराइ को छाति मा गइ लुक्न चाहंदैनन् ।
नजिस्काउ ज्यानै बाजि लगाएर आए भने,
गोर्खाली अघि बढे पछि रुक्न चाहंदैनन्।
कस्ता कुत्ता पालेछौं देसको दाना खुवाइ जो,
जंगे पिल्लर सार्दा पनि भुक्न चाहंदैनन् ।