• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

गजल

बटुलेर जुनकिरी मसाल बनाउनु छ । 
हिंड साथी सीमानामा पर्खाल बनाउनु छ। 
हतियार देखाई थर्काउने छिमेकी लाई
सागर पुर्याउन सक्ने ताल बनाउनु छ।

देशमै फूल फुलाई विदेशीने मौरी रोकी,
आउ अब हाम्रो देश बबाल बनाउनु छ।

हत्या,हिंसा,आतंकको कृडास्थल हैन अब,
शान्तिका दुत बुद्ध को नेपाल बनाउनु छ ।

खुलेआम भुक्ने यी छिमेकीका कुत्ता लाई
घुर्न सम्म बन्द गर्ने संजाल बनाउनुछ।

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image