सायद ८ वर्षको थिए होला! बेलुकी मुमा कहाँ हुनुहुन्छ भनेर सोद्धा विरामी भएर अस्पताल लगेको छ भन्ने जवाफ पाए ,
अर्को दिन बिहान सवेरै दिदीले उठाउनु भयो हिड् नुहाउन खोलामा भनेर.., फेरी दिदीलाई सोधें मुमा आउनुभयो? भनेर ...
काठमाण्डौ लगेको छ भन्नुभयो ..
खोलामा पुग्दा वरपरका अंकलहरु पनि कपडा नखोली नुहाइरहेको देखें।
अचम्म लाग्यो काकीले आज नुहाउनु पर्ने दिन हो भन्नु भयो।
घरमा आए पसलको सामान हटाएर पराल ओच्छाइएको थियो ,
एकछिन पछि बुबा आउनुभयो सेतो कपडा बेरेर ....
अचम्म लाग्यो केही सोध्ने मौका दिनु भएन दिदीले भान्छामा बोलाएर आज स्कुल जानु पर्दैन भनिन म खुशी भए स्कुल जान नपर्ने भनेर ...
यसैगरी २ दिन बित्यो २ महिना , २ वर्ष अनि वर्षौ बित्यो तर त्यो दिन अस्पताल लगेको मेरो मुमा आज म २५ वर्ष हुदासम्म फर्कनु भएन ...
आज बिहानैदेखि फेसवुकको वाल ले मलाई रुवाईरहेको छ।
भनिन्छ दुख बाड्यो भने घट्छ रे !
त्यसैले ८०००० भन्दा बढी मेरा दाजुभाइसंग बाड्दैछु।
मुमा, हजुरको आत्माले शान्ति पाउन् !!!!!