बन्छ दुखद् समाचार बिभेद नहटे!
जनताको काटमार बिभेद नहटे!!
आउँछ अब दलित मसल बालेर,
होश गर सरकार बिभेद नहटे!!
ठप्प हुन सक्छ देश बन्द हुन सक्छ,
उद्योग धन्दा ब्यापार बिभेद नहटे!!
धेरै मागे अधिकार सधैँ शान्त बनि,
चिच्याउँछु बारबार बिभेद नहटे!!
दलितको भरोसामा जुवा खेल्यौ भने,
उठ्न सक्छ हतियार बिभेद नहटे!!