मिली जुली देश खाका नेताले
के सारो कुरा चपाका नेताले ।
आशै आशको बोझ बोकाएर
मारेनन एउटै माखा नेताले ।
देश आफ्नो जनता भुलेर
प्रभु तिरै सँधै धाका नेताले ।
कती हेर्नु अब आमाले यसरि
फकाई भाई छोरा लडाका नेताले ।
बेशर्मी फेरी भोट दिनुन भन्छ
अघिल्लो संबिधान सभाका नेताले । ।