शान्तिको देशमा, चित्कार सुनिन थाल्यो ।
जता ततै हिंसा, काटमार सुनिन थाल्यो ।
देशको अस्तित्वका निम्ति, लड्ने जनता,
विवस छन् बस्न, निराहार सुनिन थाल्यो ।
दीप प्रज्वलन गर्छु, देशमा भन्थे नेता,
त्योत रैछ कागजी, साभार सुनिन थाल्यो ।
शान्ति ल्याएर छाड्ने छु, भन्ने सरकार,
तर आज भएको, लाचार सुनिन थाल्यो ।