यो जोखिम कामले नि पगालेन मन तिम्रो!
अरबको घामले नि पगालेन मन तिम्रो!!
नौनी भन्थे नारी मन ढुङ्गा भन्दा साह्रो भेटें,
याचनाको लामले नि पगालेन मन तिम्रो!!
हिजो मात्र मेरो प्यार बेचिदियौ छिमेकमा,
पसिनाको दामले नि पगालेन मन तिम्रो!!
ढुङ्गा ढोगे दु:ख भोगें कैयौँ चोटी तिम्रै लागी,
कठै! चार धामले नि पगालेन मन तिम्रो!!
न गुनासो दैव सगँ न त रह्यो तिमी सगँ,
प्यार बोक्ने खामले नि पगालेन मन तिम्रो!!