नगर रहर भो घरीघरी रूवाउँछ
मायाले जिन्दगी भरी रूवाउँछ
घरमा बा आमाले सधैँ भन्नुहुन्छ
साहुको ऋणले धर्धरी रूवाउँछ
साथी भन्दैथ्यो हिजो भट्टीमा
उनको यादले बर्बरी रूवाउँछ
बिडम्मना कस्तो बिदेशीनु पर्ने
समुन्द्र छेउ वरिपरि रूवाउँछ
प्रदेशमा बस्दा दुख पिडा खेप्दा
गाउँको यादले चरीसरी रूवाउँछ