• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

परीक्षाको माध्यम

छिमेकी गाउँको सरकारी विद्यालयबाट प्रवेशिका पास गरेको हरिले अङ्गे्रजी भाषामा प्रथम श्रेणीमा स्नातकोत्तर पास गरेर आफ्नो दुगम गाउँ फर्किदा सबै गाउँलेहरू आर्श्चयचकित भएका थिए किनकि प्रवेशिका पास गर्नेहरूको सङ्ख्या उसको गाउँमा दुइ हातका औँला बराबर पनि थिएन । यस उपलक्ष्यमा स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरियो । सोही कार्यक्रममा उसलार्इ एकजना भर्खर एस.एल.सी पास गरेका एक युवकले सोध्यो, “अंग्रेजीमा स्नातकोत्तर गर्दा भाषागत समस्याले कत्तिको पिरोल्यो -“

“सानैदेखि नेपाली माध्यमबाट पढ्ने बानीले गर्दा सुरुमा धेरै गाह्रो पर्यो तर … ।” हरिको उत्तर पूण रूपले आउन नपाउँदै बीचैमा एक वयस्कले सल्लाह दियो, “अङ्ग्रेजीको परीक्षा नेपालीमा नै दिए भैहाल्थ्यो नि बाबु ।” हरि केही बोल्न सकेन ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image