• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

आर्किमिडिज

दैनिक जिवनमा घटी रहने साधारण घटनाहरुबाट प्रसिद्ध सिद्धान्त प्रतिपादन हुन्छ भन्ने कुराको राम्रो उदाहरण हो -आर्किमिडिज। शुरुका दिनमा अर्किमिडिज त्यति प्रख्यात थिएन । त्यति बेलाका ग्रिकका राजाले आफ्ना लागि एउटा सुनको श्रीपेच बनाउन दिएछन् । सुनारले सुन बाहेक अरु बस्तु पनि मिसाएकोछ कि भन्ने कुराको शंका राजाको मनमा आयो। कसरी पत्ता लगाउने भनी अन्योलमा परेको देखेर एक जना दरवारमा काम गर्ने मानिसले सल्लाह दिदै भनेछन् : महराज यो त आर्किमिडिजले एक छिनमा पत्ता लगाइदिन सक्छ। राजाले तत्काल आर्किमिडिजलाई दरबारमा हाजिर गराउन आदेश जारि गरे। आर्किमिडिजलाई राजाले श्रीपेचमा सुन बाहेक अरु बस्तु मिसिएको वा नमिसिएको पत्ता लगाउन अह्राए। आर्किमिडिज अक्कमक्क परे। यो देखेर राजाले सात दिनको समय सिमा दिएर बिदा गरे। आर्किमिडिजले सोच्यो "यो नाम र दाम कमाउने राम्रो अवसर हो" तर कसरी समस्या सुल्झाउने भन्ने पत्तो पाउन सकेनन् । उनले उठ्दा, बस्दा, खादा हरेक पल त्यहिबारेमा सोच्न थाल्यो । तर केही उपाय पत्ता लागेन। एकदिन नुहाउने क्रममा भरी पानी भएको भाडोमा उनी बस्न पुगेछ। त्यसबेला उ बस्दा भाडाबाट पानी बहिर पोखिएको कुरामा उसको ध्यान आकर्षण भयो । यो प्रक्रिया उनले तीन चार चोटि दोहोर्‍याए छ र ऊ युरेका भन्दै दरबार तिर दौडिएछ र राजालाई भन्यो "महाराज मैले पत्ता लगाए ।" यसबाट नै आर्किमिडिजले प्रख्यात सिद्धांत प्रतिपादन गर्‍यो । जस्ले भन्छ "कुनै पदार्थलाई आंशिक वा पुर्ण रुपमा तरल पदार्थमा डुबाउदा बस्तुले गुमाउने तौल बरबरको तरल पदार्थ बिस्थापित गर्छ। यसैबाट प्लवनतको नियम प्रतिपादन भयो र यसैमा आधारित भएर मनिसले पानी नडुब्ने ठुला ठुला डुङ्गाहरु बनाउनसके।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image