"आज साथीहरु संग बजार गएथेँ केटाहरुले डि.भि भरे मलाई पनि निकै कर गरे मन नहुदा नहुँदै पनि उनिहरुको मन मात्रै राख्दिन भएपनि भर्दिएँ मैले" नियमितको हाम्रो च्याटमा जसरि आजको दिनचर्या सुनौदै भनेँ । आफु मात्र भर्नी है ,मलाई नभनेको ?? पख भन्या भए म नि भर्थे नि ,रिसाए झै गरी भनी । "भर्न मन त थिएन नि साथीहरुले भरे अनि मेरो पनि कर गरेरै भरिदिए,न रिसाउन भर्न मन भए भोली सँगै जाउल नि बजार" 'पर्या छैन मलाई केही भर्न ,तिमि जस्तो जान्नि नि छैन भर्दिन पनि ' प्रस्ट झल्किरथ्यो रिसको अाबेग उसको बोलीमा । "भोली घुम्न पनि जाउँला अनी भरेर पनि आउँला नि ,कती रिसाकी काली एती सानो कुरमा पनि " फकाउनी प्रयत्न गर्दै थिए म । भोलिपल्ट हामि घुम्न त गयौ तर भर्न मानिन। कहिले कही केही चित्त नबुजेर रिसाए डि.भि भरेको विषय नै झगडाको बहाना बनाउथिन । डि.भि भरेको भाउ बढेछ ,गएपछि त म भन्दा राम्री पाईहाल्छौ त्यही भएर अहिले बाट टाढिन खोजेको होला जस्ता वाक्य मिसाएर बोलीले बारम्बार खोच्ने गर्थीन । डि.भि भर्ने मिती सकिन लाग्दै थियो , एक दिन अतिनै भयो, उस्को असहमतीमा आफ्नै जिद्दीले उनको नि डि.भि भरिदिए । "डि.भि पाएर गयौ भने त मलाई बिर्सिन्छौ होला है"मधुर बोलीमा प्रश्न गरेँ ।"के भनेको होला म आफुलाई बिर्सिए पनि तिमिलाई बिर्सिन सक्दिन " यस्तै भन्थिन ।हामी दुईको डि.भि परोस अनी सँगै जान पाइयोस यही छ चाहना पनि,सधैभरि यस्तै यस्तै कुरा हुन्थ्यो । दिन हप्ता महिना बिते र डि.भि को नतिजा पनि आयो । डि.भि पर्न भाग्यले साथ दिनु पर्ने रहेछ , मन न हुँदा पनि मेरो करमा भरेको उस्को डि.भि पर्यो तर मेरो परेन । चिन्ता न गर यो पटक भएन अर्को पटक फेरी भर पारीहाल्छ नि भन्दै सम्झाउथिन उनि । मन डि.भि न परेकोमा हैन ३बर्ष देखिको प्रेम छोडि टाढा जाँदैछ भनेर दुखी थियो । खुशी हुनुपर्ने थियो आफ्नो प्रेमिकालाई डि.भि पर्दा तर अहँ बरु मन खुशी हुनुको सट्टो पिडामा थियो । म उस्लाई यहीँ रहोस् भन्नि चाहन्थे केही करणले उ नजाअोस भन्ने पागलपन थियो वा आफ्नो स्वार्थ थाहा छैन ।म उसलाई "तिमी गएपछी मलाई न भुल्नु है" यही भन्नि गर्थे सधैं । "मेरो खुशी,मेरो जीवन,मेरो लक्ष्य चिनाउने मान्छे पो हो तिमी कहाँ भुलुँला र ??" भन्दै मेरो मन राख्थिन ।बिस्तारै उनको उड्ने दिन नजिकियो उनले उड्नु अघी अन्तिम दिन फोन गरिन र भनिन" एकबचन नजाउ नि भनेनौ है " मान्छेहरु यती निस्ठुरी भई कसरी बोल्छन होला जस्लाई सधैं आफ्नो अँगालोमा होस् भन्नि सोच्थेँ तर उ टाढा हुँदा खुशी भएर बिदाइ कसरी गर्न सक्थे र म ? मनले त नजाउ भनेको थियो तर मुखले भनेन कारण मेरो बोलिले उ रोकिनी अवस्थामा थिएन । सधैं मेरो मनको कुरा बुझ्ने मान्छे यसपटक सफल भईनन । "थाहा छैन त्यहाँ के कस्तो छ ,म पुगेसी खबर गर्नेछु आफ्नो ख्याल राख्नु ,मेरो धेरै चिन्ता न गर्नु आई लभ यू अर्जुन "अन्तिम वाक्य बोलेर बिदा भईन म सँग । जस्लाई यती धेरै माया गर्थे उस्ले खै कसरी पो भनी चिन्ता नगर्नु भनेर । तीन दिन पछी फेसबूकमा मेसेज आयो "सरी फेसबूक चलाऊन न पाएर आईपुगेको भन्न् पाईन म अाईपुगे "मन खुशी भयो उ पुगेको खबर सुन्दैमा पनि। अन्लाईनमै कुरा हुने गर्थ्यो सधैं ,म सुत्नी बेला उनी बल्ल अन्लाईन हुन्थिन ।बोल्न पाएसी निन्द्रा नि खै कता कुलेलाम हुन्थ्यो । कहिलेकाँही बोल्दा बोल्दै सुर्यदय भएको पनि पत्तो हुँदैन थियो । उ सँग बोल्न भनी कती अनिधो बस्थे ,आफुलाई सन्चो न हुँदानी अन्लाईन रहन छोड्दिनथे । बिस्तारै कुराकानी पातलिदै गयो ,काममा बिजी भएकाले अन्लाईन आउन न पाएको भनेर म अन्लाईन न हुँदा मेसेज गर्थी । पातलिदै गएको कुराकानी झङाउन सकिन पछी फेसबूक युजर भएर रहिन । खै कती चाडो परिवर्तन हुन्छन मान्छे जती मौसम समेत हुँदैन । आफ्ना भन्नेहरुले नै रहेछ चोट दिने ,हिजो सम्म तिम्रै हुँ भन्ने ले आज अन्जान बनाएको थियो । मनका हर कुरा सेयर गर्नी मान्छेले खै किन के भयो भनिनन्। उस्को मेसेज र फोन कल कुर्दै कती रात बिते ,कती छटपटिए कती बिचलित तर उ जानेर नि नजाने झै रहिरही । खै कसरी यती कठोर भई जानिन मैले । उस्को बारे जान्न न खोजेको पनि हैन तर केही खबर पाउन सकिन । बहकिने मन बुझौन धेरै कोशीस गरे र दु:खको बिच थोरै हास्न पनि । यसरी नै समय बित्दै गयो ,दिन हप्ता महिना अनि वर्षले पनि छाड्दै थिए , एकदिन फेसबूक चलाऊदै थिएँ म कसैको रिक्वेस्ट आएको संकेत देखेँ ,हेरिहाले नाम थियो "निशा"। 'निशा'उन्को र मेरो नाम मिलाएर उसैले बनाएको नाम थियो यो । ढिलो न गरी प्रोफाइल हेरे सानो बच्चाको फोटो थियो त्यो बिचमा एउटा तस्बिरले साह्रै मन दु:खायो । तस्बिर थियो माई फेमिली भनेर पोस्ट गरेको जस्मा थिए उनी , एउटा खैरे अनी काखमा सानो बच्चा ।अरु कुनै तस्बिर हेरिरहनु परेन मलाई ,त्यसैले बाटोमा हिड्दा ठेस लागेर लड्दा झै चोट पुरायो ,कतै पत्थरमा ठोकिए झै दुख्यो शारीरिक चोट जस्तो हुदोरहेनछ मनमा लगेको चोट । अदृश्य तर अशह्य जती गरेनी कतै कुनै कुनामा खत रहिरहने । प्रोफाइल ब्याक गरे र "मार्क एज स्पाम" गरेर छाडीदिए मेरो कारणले केही समस्या न परोस भन्थानेर सँगै आफ्नो अकाउन्ट नि डिएक्टिव गरे । उनी गएको चार बर्ष भईसकेछ ,चार बर्षको प्रत्येक दिन बढो मुस्किलले काटेको थिए । उनी गरेपछिको बर्ष फेरी डि.भि भरेको थिए तर भाग्यमै छैन भने केही गरिपनी आफ्नो नहुने रहेछ । हाम्रो दुरी बढे सँगै डि.भि भर्नी जरुरत ठानिन र भरिन । पढाई राम्रो सँग पुरा गरेको थिएँ। जब अतित सम्झी यादमा हराउथे आफुलाई कम्जोर बनाउथेँ । सोचेको थिए मायानै सबैभन्दा ठुलो हो तर भ्रममा रहेछु पैसा महान छ भन्नि बुझ्न न सकेर । आँफैसँग प्रतिज्ञा गरे फेरी उन्लाई सम्झेर कमजोर बन्ने छैन भनी ,धित मरुन्जेल रोएँ,र जीवनको नयाँ सुरुवात गरे पैसा कमाउन ।