• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

मम

मोरी सधै मलाइ हेर्ने गर्थी। अगाडिको बेन्चमा बस्ने गर्थी र पछाडी फर्किदा आँखा जुधथ्यो।आँखा जुधे पछि उ अन्त कतै हेरे जस्तो गर्थी,फेरि म तिर नजर घुमाउथी र अगाडि फर्किन्थी। एकदिन ब्रेकमा उसले आफ्नो टिफिन बकस खोली।मम थियो। "मैले र ममीले बनाएको टेस्ट गर न।" उसले भनी। छेउका दउइटा साथीले एक एक पिस लिए। "म त vegetarian हो।" मैले भने। "थोरै मात्र टेस्ट गर न।" उसले भनी। "५ बर्ष भैसक्यो।veg momo बनाएर ल्याउ न मैचा।" मैले भने। उसले बारम्बार कर गरि तर मैले इन्कार गरे। रिसाउदै टिफिनको बक्स बन्द गरेर उ उठेर हिड्न तयार भै। "आफ्नो प्रेमीको इच्छा पूरा नगर्ने प्रेमी के प्रेमी।" एउटा फिल्मको डायलग याद आयो। उसलाइ रोके र एक पिस मोमो लिए। हात मुख सम्म पुग्न लागेको थियो,उसले रोकी। "भयो पर्दैन।यति भए पुग्यो।" उसले मुस्कुराउदै भनी। हातबाट त्यो ममको पिस लिदै उसले आफै खाइ। "एकदिन भेज मम बनाएर ल्याउछु है।" उसले भनी। "मलाइ एक पिस होइन,एक प्लेट नै ल्याइदिनु है।" मैले भने।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image