• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

laghukatha videshi

पहिलेनै खरिद गरिसकिएको तर बिक्रेताले खरिदकर्तालाइ जग्गा बढी छ बढी जग्गाको पैसा नपाइ घर छोड्दिन भनेर धिङ्न्याइ गरि हस्तान्तरण गर्न आनाकानी गरिरहेको बिबादित घरकम्पाउण्ड् फेरि नापजाँच गर्ने भनेर उपस्थित भएको थिएँ म पनि राजधानिकै नक्सा लक्षेत्रमा । खरिदकर्ता, बिक्रेताको वकिल,घरजग्ग बिक्रेत तथा खरिदकर्ताको सामन्जस्यता गराउने मध्यस्तकर्ता अर्थात जग्गा दलाल तथा जग्गा बिक्रेताको घरको काम गर्ने कामदार अर्थात घरेलु नोकर तोकिएको समयभन्दा पनि केही ढिलो गरि उपस्थित भै सक्ता पनि जग्गा नाप्ने अमीन तथा जग्गा बिक्रेताको भनें अत्तोपत्तो थिएन । काम सुरु भै नसकेकाले खरिदकर्ताले असजिलो मान्दै भन्यो-"के गर्न खोजेको होला यो मान्छेले ! जग्गा बेचेको पनि आठ-आठ महिना भै सक्यो अहिले आएर जग्गा बढिछ; नापेर पैसा लिन्छु भन्छ । रजिष्ट्रेसन पास भएको आठ महिना पछि जग्गा नापी रहनु केही औचित्य छ र ! हामीलाइ दु:ख दिइरहेको ?" म केही बोल्न नपाउँदै बिक्रेताको नोकर अघि सरेर बम्कियो-"के रे ! हामीले आफ्नो जग्गा किन नाप्नु पर्यो अरे ? के भन्न खोजेको हामीले हाम्रै जग्गा नाप्न न पाउँने ?" खरिद्कर्ताको अल्लारे उमेरको छोरो पनि बिक्रेताताका नोकरको हेपाहा कुरा सुनेर रनक्क रन्कियो र भन्यो-"कसरी भयो तिम्रो जग्गा ? लालपूर्जा देखाउ त तिम्रो हो भनें ।" क्रेताको छोराले आफुलाइ होच्याएर बोलेकाले बिक्रेताको नोकर क्रेताको छोरालाइ कुटौला झैं गरेर झम्टियो । हात हालाहालको स्थितिनै आउने छनक देखिएपछी म दुवैजनाको बिचमा उभिए र बिक्रेताको नोकरलाइ भनें -"किन यति साह्रो रिसाउनु भएको केशब दाइ ? हामी यहाँ विवाद गर्न भेला भएका हौं र ?" "मैले के नचाहीने कुरा गरें ?"-क्रेताको छोरो पनि सामान्य भएन । अनि मैले उसलाइ पनि विवाद बढाउँन रोक्ने उद्देश्यले भनें-"तिमी पनि एकछिन चुप लाग त गोविन्द ।" नभन्दै गोविन्द पनि चुप लाग्यो मेरा कुरा मानेर अनि मैले केशबलाइ भनें-"यस्तो रिसाउनु पर्ने के कुरा भो र ! दाइ ?" "सुन्नु भएन यो बोलेको ?"-उ उसैगरी उत्तेजनामै बोल्यो र फेरि गोविन्दलाइ झम्टिदै भन्यो-"मसँग बोल्दा अलि बिचार गरेर बोल नि ।" उत्तेजनामा गोविन्दले केही बोलिहाल्ला र विवाद झन संङ्ग्रालिएला भनेर मैले औलाको इसाराले चुपलाग्न इसारा गरें र केशवलाई सम्झाउने उद्देश्य भनें -"गोविन्दको लवजले तपाइँलाई होच्याए जस्तो लागेको होला तर कुरा त्यसो हैन दाइ, तपाइले मारवाडीका मुखबाट हामीले बोल्नेजस्तोलवजको आशा गर्नु भएकाले समस्या परेको हो त्यसैले गोविन्दका कुरालाइ अन्यथा न लिनुहोस" मेरा कुराले उ एकछिन बोल्न सकेन र त्यसैबेला अमीन पनि आइपुगेकाले मलाइ वातावरण सहज भयो अनि मैले जुक्ति लगाएर कुन पर्खाल आफ्नो हो कुन अर्काको भनेर अमिनलाइ देखाइ दिनु भनेर केशवलाइ अह्राएँ र संग्रामस्थलबाट हटाएँ । जग्गा बिक्रेता अझै आइनपुगेकाले गोविन्दले सोध्यो-"हामीलाइ यो जग्गा बेच्ने मान्छे कहाँ बस्छ र समयमा आइनपुगेको दाइ ।" "खै ! अहिले चैं कहाँ बसेको छ थाहा छैन तर खासमा चैं यो लण्डनमा बस्छ र यहाँ भएका यसका सबै कलकारखाना बेचेर लण्डन लगिसक्यो अब यहि एउटा घरमात्र बाँकी रहेकाले बेचेर पैसा लान आएको नि"-मैले जानेसम्मको उत्तर दिएँ । "मान्छे त हुनेखाने नै रहेछ त किन यो नभएको जग्गा छ भनेर हामीलाइ तङ्ग गरिरहेको छ त यसले ?"-उसले अर्को प्रश्न थप्यो । "बिदेशी भनेर हेपेको नि नोकरको फूर्तीलेमात्रैले पनो त्यति थाहा पाइनस र ?"-मैले बोल्नु अगावै गोविन्दको बाबुले उत्तर दियो । बाबुको कुरा सुनेर गोविन्दले अमिलो अनुहार बनायो र सोध्यो-"चारपुस्तादेखि यहि देशमा बस्ने र बाहिरबाट लगानी ल्याएर यो देशको पुँजी बढाउँने हामी कसरी बिदेशी दाइ ? देशको माया गरेर बाहिरबाट लगानी जुटाइ-जुटाइ जस्तै संङ्कट पर्दा पनि देश नछोड्ने बिदेशी हुन्छ कि यो देशबाट पुँजी बाहिर लगेर देश छोड्ने बिदेशी हुन्छ दाइ ?" मैले गोविन्द अग्रवालको उत्तर दिन सकिन । "त्यसले बोलेको सुन्नु भएन ? कसरी बोल्यो ?"-केशबले क्रेताको छोरालाइ संकेत गर्दै भन्यो-

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image