पुस्तक बिमोचनको निमन्त्रणा पाएर एकदिन म प्रज्ञा भवन पुगे । प्रज्ञा भवनमा पुस्तकको विमोचन कार्यक्रम सकिएपछि मैले पुस्तक लेख्ने कृतिकारलाई अनुरोध गरेँ,”आज बिमोचन भएको एकप्रति पुस्तक मैले पढ्न पाउँ ।” कृतिकारले उत्तर दियो,”सभाहलको बाहिर बिक्रीमा राखेको छ, किनेर लैजानुस न !” “तपाईको पुस्तक पढेर समीक्षा लेखेर कुनै पत्रिकामा छपाउन दिन्छु नि,” मैले भने । उसले मलाई एकप्रति पुस्तक सम्बोधन गरेर दियो र भन्यो,”छापिएपछि मलाई कुन पत्रिकामा निस्क्यो थाहा दिनुहोला ।” त्यस कार्यक्रममा पुगेको अर्को व्यक्ति रामप्रसादले पनि उसको पुस्तक पढ्न माग्यो । “म निःशुल्कमा पढ्न दिन कसैलाई पनि सक्दिन आजको दिन मेरो बिमोचन भएको पुस्तक तीस प्रतिशत छुटमा तपाईले किनेर लैजान सक्नुहुनेछ,” कृतिकारले भन्यो । “मसँग पुस्तक किन्ने पैसा छैन मलाई तपाईको पुस्तक पढ्न मन लागेको छ,” रामप्रसादले दोहोर्याएर भन्यो । कृतिकारले उत्तर दियो,”निःशुल्कमा मैले मेरो पुस्तक कसैलाई दिए भने उसले मेरो पुस्तकको महत्व नबुझेर घरमा पुग्नेबित्तिकै सिरानीमा राख्छ । किनेर लग्यो भने पुस्तकमा मेरो पैसा लगानी गरिएको छ मैले जसरी भए पनि यो पुस्तक पढ्नै पर्छ भनेर उसले नपढी छाड्दैन..
►ONLINE HOME BASED JOB ( EARN MONEY)
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*