फेसबुकमा एक्लाएक्लै मस्त मानिसहरु । परिवारबाट अलग । सबै आ–आफ्नै धुनमा मस्त । इन्टरनेटको लाइन गयो । सबैजना एक्जुट हुन थाले “खै खै राउटर चेक गरुँ त ?, खै खै माइनेटवर्क चेक गरुँ त ।” सबै परिवारको नेटको लाइन अफमा मिलन भयो । सबै घरमा दाजुभाइ, दिदीबहिनी, काकाकाकी, आमाबुबा बीच एक आपसमा कुराकानी हुन थाल्यो । जस्तो विछोड पछिको मीलन जस्तो । झ्याप्प विजुलीको लाइन गयो । इन्भर्टर चलाउन खोज्यो, चलेन । मैनबत्ती खोज्न थाल्यो । टर्चलाइट बाले । मोबाइलको लाइट बाले । छरछिमेकीसँग मिलेर विद्युत प्राधिकरणमा खबर गर्न थाले । छरछिमेकसँगको पहिलेको लोडसेडिङ्ग पछिको विछोड पछिको मिलन । टेलिफोन, मोबाइलको पनि लाइन गयो । सबैजना झनै एक्जुट भइ रुष्ट हुन थाले । सबैजनाको एकै गाउँलेजस्तो प्रेमको पुनर्मिलनको पुनर्सुरुवात भयो । भुइँचालो गयो । भागाभाग भए सबैजना । सम्पत्ति हराउने पनि कुनै मतलब भएन । सबैजना टेण्ट हाली चउरमा बास बस्न थाले । सबै ठाउँमा प्रेमैप्रेमको बर्षात भयो । जतिजति पराकम्प जान्थ्यो । प्रेमैप्रेमले भरिपुर्ण सबैजनामा आपसी भाइचारा र प्रेम बर्सिरहन्थ्यो । सबैजना एक्जुट भएर भगवानको नाम लिन थाले । नास्तिकताको नामनिशानै थिएन नत धर्मकै विभाजन नै थियो सबै धर्मकाहरुले भनिरहेका थिए । हे राम, हरे शिव, हे धर्तीमाता हामीलाई रक्षा गर । कसैसँग पनि आपसी वैरभाव थिएन । सबैले सबैलाई सहयोग गरिरहेका थिए ।
►ONLINE HOME BASED JOB ( EARN MONEY)
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*