• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Ad Details

किन हुन्छ पाइल्स Piles

किन हुन्छ पाइल्स (Piles) ?

तपाईं हामीले सुनेको अनि कतिले वर्षौदेखि भोग्दै आएको समस्या हो, पाइल्स । यसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड’ भनिन्छ । यो प्राइमरी र सेकेन्डरी गरी २ प्रकारको हुन्छ । यसको मुख्य कारण नै कब्जियत हो । मानिसको दिसा गर्ने ठाउँ वरिपरि रहेका रक्तनशा विविध कारणबाट सुन्निने अवस्थालाई ‘हेमोरोइड’ भनिन्छ । साधारणतया ती रक्तनशाले दिसा गर्ने प्रक्रियालाई सघाउ पु¥याइरहेका हुन्छन्।
ठूलो आन्द्राको अन्तिम भागको रुपमा रहेको मलद्वारको भित्तामा अशुद्ध रगत भएका स–साना रक्तनली हुन्छन् । यी नली मलद्वारको भित्री तहमा रहेका हुन्छन् । लगातार कब्जियत भइरहनु, दिसा गर्दा कन्नुपर्ने हुनु, आउँ पर्नु, धेरै पखाला लाग्नु, खानपिनमा रेसादार खानाको कमी, पानीको सेवनमा कमी, बढी मात्रामा रक्सी, मासु, चुरोटको सेवन आदिका कारण यी रक्तनलीमा तनाव उत्पन्न हुन्छ । त्यसपछि रक्तनली सुन्निन्छन् । यो अवस्था धेरै समयसम्म रहिरयो भने तिनीहरू फुट्छन् र दिसा गर्दा रगत देखा पर्दछ।

पाइल्सबाट ग्रसित व्यक्तिमा देखिने प्रमुख लक्षण दिसा गर्दा रगत आउनु हो । यसरी आएको रगत स्वच्छ, ताजा, चम्किलो, रातो रंगको हुन्छ र यस्तो अवस्थामा दुख्दैन । दिसा गर्दा अन्त्यतिर थोपा–थोपा भएर आउने गर्छ । दिसा कडा भएको बेलामा मलद्वार दुख्छ तर रगत आएको बेला कुनै पनि प्रकारको पीडा नहुनु नै यसको प्रमुख लक्षण हो । यसका साथै मलद्वारमा मासुको डल्लो भएको जस्तो अनुभव हुनु, मलद्वार भिजेको हुनु, चिलाउनुजस्ता लक्षण पनि देखा पर्छन् । कहिलेकाहीँ मलद्वारमा संक्रमण भएमा पीडा पनि हुने गर्छ । यो समस्या धेरै समयसम्म रहिरहेमा रक्तअल्पता पनि हुने गर्छ।

पाइल्समा ४ अवस्थामा रगत आउने हुन्छ । रगत मात्र आयो भने यसलाई पहिलो अवस्था भनिन्छ । मलद्वारमा रहेको गाँठो केहीँ तल आयो भने दोस्रो, रगत देखिनुका साथै बाहिर आउने र दिसा भैसकेपछि पुनः भित्र जान्छ भने तेस्रो अवस्था र बाहिर नै रहिरहने छ भने त्यसलाई चौथो अवस्था भनिन्छ । चौथो अवस्था केही जटिल अवस्था हो । यसमा बाहिर निस्किएको गाँठोलाई हातले ठेलेर पनि भित्र छिराउन सकिदैँन । हेमोरोइडमा दुखाई नभएपनि बाहिरी हेमोरोइड भने चिलाउने र दुख्ने हुन्छ।

Contact for Social / Digital Advetising at 9851240938 | 9818227021

Write Your Comments

 

Click here for like This
 
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image