Gazal
उस्ले सुख साटेको हुन्छ,,
जस्ले दुख काटेको हुन्छ,,
**
आनाकानि गर्ने मान्छेले,,
केहि कुरा ढाँटेको हुन्छ,,
**
पर्दैन रोप्नु कलहको बिउ,,
जहाँ नाता फाटेको हुन्छ,,
**
गरीबले पनि महल चुम्ने,,
स्वप्न डोरी बाटेको हुन्छ,,
**
अनेक गरी कुरौटेले हेर,,
भित्रि आत्मा चाटेको हुन्छ,,