टाईटनिक जहाज समुन्द्रमा डुब्दै गरेको बेला हमजाएगा पनि त्यही जहाजमा हुन्छ |
सबै मानिशहरु आत्तिएर रुँदै चिच्याऊंदै भाग-दौड़ भई रहेको हुन्छ |
अनि हमजाएगाले आत्तिएर एक जाना खैरेलाई सोध्छ :
हमजाएगा : चारै तिर पानीनै पानी देखिन्छ त, याँहा देखि जमिन चैं कती टाड़ो छ ?
खैरे : बेसी छैन, त्यस्तै आधा किलोमिटर हुनु सक्छ |
हमजाएगा : थुक्क !!! नजिककै रहेछ त,
त्यती त आरामले पार गर्न सकिन्छ | अनि तपाइँलाइ पौड़ी खेल्न आउँछ ?
खैरे : खै, म त सक्दिन हौ भाई |
हमजाएगा : मलाइ त नदीमा पौडी खेल्न निक्कै पारा आउँछ |
त्यति नाथे आधा किलोमिटर त म आँखा चिम गरेर पार गर्न सक्छु|
यति भनेर हमजाएगा जहाज बाट ग्वाम्मै फाल हान्छ |
अनि नदी बाट टाउको निकालेर खैरेलाई सोध्छ : अब याँहा बाट कुन दिशा पर्छ जमिन ?
खैरे : त्याँहा बाट सिधै मुनि !!!