• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

रक्सी पिउदै

एउटा ब्यक्ति एउटा रेस्टुराँमा बसेर एकोहोरो आफ्नो गिलासमा रहेको रक्सी हेरी रहेको थियो । उसले त्यो गिलास कम्सेकम आधा घण्टा देखि आँखा नझिम्काइकन हेरिरहेको थियो । येत्तिकैमा एउटा बेबकुफ ट्रक ड्राइभर त्यो ब्यक्तिको नजिकै आउछ र त्यो गिलास त्यो ब्यक्ति बाट लिन्छ र सबै सिनित्तै पारी दिन्छ । तब त्यो ब्यक्ति बच्चा झै धुरुधुरु रुन थाल्दछ । यसरी रोएको देखेर त्यो ट्रक ड्राइभर भन्छ "पर्ख साथी म त खाली ठट्टा मात्र गरेको । म तिमीलाई फेरी अरको गिलास रक्सी किनिदिन्छु, म यस्तो प्रौढ ब्यक्ति धुरुधुरु रोएको देख्न सक्दिन" "कुरा त्यसो होईन, आजको दिन मेरो जिन्दगीको सबभन्दा खराब दिन भयो । आज बिहान म भुसुक्कै निदाएछु, काममा ढिलो गएकोले मेरो बोस रिसायो र मलाई काम बाट निकल्यो । जब म त्यहाबाट बाहिर निस्के पाए मेरो कार चोरिएको थियो । पुलिस लाई खबर गरे तर पुलिसले भन्यो उनीहरु केही गर्न सक्दैनन् । अनी मैले ट्याक्सी लिएर घर आए । जब म ट्याक्सी बाट झरेर भाडा दिन थाले, मेरो वालेट ट्याक्सी भित्र नै छोडेछु र झिक्न जान नपाउदै त्यो ट्याक्सी ड्राइभर कुलेलम ठोक्यो । त्यस्पछी जब म घर पुगे मेरी श्रीमती सबै समप्त्ती पोको पारेर अरुनै सँग भागेको खबर पाए । त्यो सहन नसकी म घर बाट निस्केर सरासर यो बारमा आए । तर जब मैले सोच्दै थिए की म आफ्नो जीवनको अन्त्य गर्छु, अचानक तिमी आयौ र मेरो त्यो बिश सिनित्तै पारिदियौ"  www.tourmynepal.com

 

     

If You want Advertiese Here mail us at  info@advertnepal.com

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image