म: ओइ तँसँग एउटा कुरा गर्नु थियो यार्!
मेरो साथी: के कुरा हो भन् न!
म: लभ पर्यो यार मलाई, true love!
उ: के भन्छ यो, झ्याप् छस् क्या हो?
म: होइन यार, साँच्चै, I really love her अनि उसले नि माया गर्छु भन्छे!
उ: हेर् भाइ, यो लभ सभको चक्करमा नपर्! केटि भन्या त रमाइलो गर्ने पो हो नि! घुमाउने, खुवाउने अनि मौका मिले चौका हान्ने! युज् गर्ने, मन भरेपछी थ्रो गर्ने! मेरो संगत गरेर नि केही सिकिनस् है!
म: कस्तो कुरा गर्या के तैले, माया गर्छु, मिल्यो भने बिहे नि गर्ने हो!
उ: ला सिरियस् भैस् क्या हो! (हाँसो) को हो त्यो माल, मैले पड्काको हुनसक्छ! (हाँसो)
sorry !! sorry !! डन्ट माइन्ड, को हो त्यो? मैले चिन्या छु ?
म: तेरी बहिनी!