गोरे एकपटक पत्नी सुन्तलीको अफिस गयो ।
गार्डले उसलाई गेटमा रोक्न खोज्यो तर उ रोकिएन । उ सिधै सुन्तलीको क्याविनमा गयो ।
क्याविनमा त सुन्तली हाकिमको काखमा थिइ ।
उसले गएर सुन्तलीलाई च्याप्प समायो । केही नबोली उसले सुन्तलीलाई तानेर गेटमा ल्यायो र भन्यो, ‘
भयो सुन्तली अबदेखि तैंले यहाँ काम नगर्ने, यस्तो अफिसमा काम नगर अब …जाबो बस्नलाई एउटा कुर्सी त रैनछ’
--राजीब श्रेष्ठ--