एकपटक टोपी व्यापारी जंगलको बाटो जाँदै थियो । थकाइलागेर एक रुखमुनी आराम गर्दा गर्दै उ निदायो । पछि उठेर हेर्दा सबै टोपी बाँदरहरुले रुखमाथी लगेर खेलाइरहेका । उसलाई बाँदरले मानिसको नक्कल गर्ने कुरा याद आयो । उसले लगाएको टोपी निकालेर हावामा हल्लायो । बाँदरहरुले पनि त्यसै गरे । अनि उसले टोपी भुँइमा खसाल्यो । सबै बाँदरले पनि त्यसै गरे । अनि व्यापारीले सबै टोपी जम्मा गरेर बजार लग्यो । घरमा आएसकेपछि आफ्नो नाती(गोरे)लाई सबै कहानी सुनायो । समय बित्दै गयो । उक्त व्यापारीको मृत्यु भयो । गोरेले पनि टोपीको व्यवसाय सुरु गर्यो । एकदिन गोरे पनि जंगलको बाटो टोपी बोकेर जाँदै थियो । थकाइ लागेर रुखको छहारीमा आराम गर्न बसेको निदायो । पछि जागेर हेर्दा सबै टोपी गायब । माथी हेरेको सबै बाँदरका हातमा टोपी । गोरेले आफ्नो हजुरबाले भनेको कहानी याद गर्यो र टोपी निकालेर हल्लाउन थाल्यो । यसैबीचमा एक बाँदर तल झरेर गोरेको गालामा चड्कन लगाउँदै भन्यो, ‘के तेरो हजुरबालाई मात्र भन्न आउँछ कहानी, हाम्रा हजुरबाले भनेनन् होला ?’ (गोरे बेहोश)
--राजीब श्रेष्ठ--