• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Jokes

हाकु कालेको पिडा

हाकु कालेले NCELL को ग्राहाक सेवामा कल गरेछ । (Ncell को केटी प्रतिनिधिले फोन उठाइछिन्)

केटी: तपाईलाई Ncell ग्राहक सेवामा स्वागत छ ।

हाकु: ढन्यबाट!

केटी: म तपाईलाई के सहयोग गर्न सक्छु ?

हाकु: टिमी म सँग बिहे गर्छेउ ?

केटी: तपाईंले गलत नम्बर डायल गर्नु भयो जस्तो छ ।

हाकु: हैन । मैले टिम्लाई नै खोजेको हो । बिहे गर्छेउ म सँग ?

केटी: मलाई केहि इन्टेरेस्ट छैन तपाईं सँग बिहे गर्न ।

हाकु: मेरो कुरा ट सुन

केटी: केहि सुन्नु छैन मलाई ।

हाकु: भन हनिमुन मनाउन कहाँ लगम टिम्लाई… अमेरिका ? लन्डन ? पेरिस ?

केटी: कस्तो कुरा नबुझेको… मलाई तपाइ सँग बिहे नै गर्नु छैन ।

हाकु: बिहे गर्दा सुन को औठी १००००० को अनि हिरा को हार दश लाख को दिउला ।

केटी: तपाई सिधा-सिधा कुरा बुझ्नु हुन्न हो ? मलाई केहि इन्टेरेस्ट नै नभको कुरा.. किन जबरजस्ती बिहे गर्न कर गर्दै हुनुहुन्छ ?

हाकु: अब ठाह भयो होला नि तिम्लाई हाम्रो पिडा ? आफुलाई नचाइएको अफर घरी घरी कल्/एस्.एम्.एस्. गरेर भनिरख्दा कस्तो हुदो रैछ ? त्यो दिन देखी बाट Ncell ले दिन को एक पटक मात्र अफर को SMS गर्छ ।

(पहिला ३-४ पल्ट गर्थ्यो) कालेको पिडा हाकु कालेले NCELL को ग्राहाक सेवामा कल गरेछ । (Ncell को केटी प्रतिनिधिले फोन उठाइछिन्) केटी: तपाईलाई Ncell ग्राहक सेवामा स्वागत छ 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image