• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Nepali Story Doctor and sick

पहिलो घटना: करिब १५ वर्ष जत्ति भयो होला । केही दिनदेखि पेट दुखेकोले म त्यति बेला रामशाह पथ नेर रहेको मेडिकेयर हस्पिटलमा गएँ । समस्या ठूलो थिएन तर ४-५ दिन देखि असजिलो भएकोले सिधै त्यहाका एकजना यादव थर भएका gastroenterologist लाई भेटें । उनले मसँग सामान्य सोधपुछ गरेपछि सिधै भिडियो एक्सरे, स्टुल र अन्य २-३ थरी टेस्ट गर्नु पर्ने पर्चा थमाइ दिए ।

ती टेस्टहरू सबै गर्नुपर्ने झमेला एकातीर थपियो भने अर्कोतर्फ ती सबै टेस्ट नसक्केसम्म कुनै ठूलै रोग लाग्यो कि भन्ने शङ्का पनि मनमा गडी रहयो । ३-४ दिनमा सबै प्याथोलोजीको रिपोर्ट आयो । हालजस्तो इन्टरनेट र गुगल बाबाको ज्ञान दृष्टि सुलभ भइसकेको थिएन तर रिफरेन्स रेन्जमा झ्वाट्ट नजर पार्दा कुनै हाइलाइट गरिएको प्यारामिटर थिएनन् । रिपोर्ट लिएर म फेरि तीनै स्पेसलिष्टकहाँ पुगेँ । उनले सर्रर रिपोर्ट हेरे अनि “खासै केही समस्या देखिएन ...’यो’, ‘यो’ र ‘यो’ औषधी ५ दिन खानुस..” भनेर हातमा पर्चा थमाइदिए ।
फोक्कडमा ३-४ दिन टेस्ट गराउने हैरानी, र २-४ हजारको खर्च पछि ‘केही पो भएछ कि ?’ भन्ने गहन चिन्ता बोक्नु परेको थियो । अब त्यो रहेन तर पनि तिनले दिएका ती ‘यो’, ‘यो’ र ‘यो’ औषधिले मलाई केही फाइदा भएन । फाइदा नभएपछि फेरि घरेलु र अन्य वैकल्पिक उपचार विधि भने जारी राखियो । त्यस्तैमा एकदिन मेरै घरमा बस्ने एकजना डक्टरसँग कुरै कुरामा आफ्नो समस्या बताएँ (स्मरण रहोस ती gastroenterologist वा पेट सम्बन्धी रोगका विशेषज्ञ भने थिएनन्, त्यसैले आफ्नै घरमा बसेपनि मैले उनीसँग सल्लाह लिएको थिइन) । उनले आफ्नो हातले मेरो कम्मर र पेटको बिचको भागमा पर्ने गरी बिस्तारै दबाए र भने “भाइ!, तपाईलाई त अमिबाले दु:ख दिएको रहेछ ... ल यो औषधी ५ दिन खानुस्, ठीक हुन्छ ....” । तुरुन्तै उनले दिएको औषधी किनेर खान शुरु गरेँ ....दोस्रो दिन देखी नै मेरो पेट दुख्न कम भयो र तेस्रो दिन साँझ सम्ममा मलाई पेट दुखेको थियो भन्ने समेत याद रहेन् ।
पछि धेरै दिनसम्म मलाई, ती gastroenterologist लाई चाहीँ किन मेरो पेटमा एक पटक दबाएर हेर्ने सुर आएन छ वा तीनले पढ्ने बेलामा चाहिँ यत्ति गरेर हेरेपछि ती अनावश्यक टेस्ट गराउनु पर्दैन भनेर किन सिकाइएन छ भन्ने मनमा लागि रह्यो ।
दोस्रो घटना: करिब २ हप्ता जत्ति अगाडिको कुरा हो । १० वर्षकी छोरीलाई पेटकै समस्याले दु:ख दिन थाल्यो । खाना-खान मन नगर्ने, पेट दुख्ने हुन थाले पछि कान्ति अस्पतालमा नाम चलेकी एकजना वाल विशेषज्ञको क्लिनिकमा देखाउन लगियो ।
उनले मौसम अनुसार चल्ने रोगको अन्दाज गर्दै स्टुल टेस्ट गराउन भनिन र आन्द्रामा घाउ समेत भएको हुनसक्ने अन्दाज गरीन। अनि एउटा ‘नाम चलेको’ औषधि खान भनिन । स्वास्थ्य मात्रै हैन्, स्कूल पढने बच्चाको पढाइ समेत बिग्रने भएकोले तीनले भनेका सबै टेस्टहरू तुरुन्तै गराइयो । टेस्ट रिपोर्ट पनि आयो, औषधि पनि ख्वाइयो ... तर बच्चाको हालत झन् झन् खराब हुँदै गयो । अब दोस्रो पटक पनि देखाउने बाहेक अर्को उपाए भएन । आफ्नो छोरी पनि आफैं जस्ती छे । ३-४ दिन औषधी खाएर निको नभएपछि “..त्यो अस्तिको ...फलानो डक्टरको’मा त जान्न” भनेर कराउन थाली ....।
स्कूल छूटेको धेरै दिन भइसकेको थियो ....छोरी दुब्लाउन समेत लागिसकेकी थिई, साथै बिहान उठ्ने बित्तिकै उल्टी हुन थालेको थियो। अत: पुन अर्को एकजना नेपालमा प्रसिद्ध वाल विशेषज्ञकहाँ गइयो । उनको क्लिनिकमा त्यस दिन ५७ जनाको नाम लेखाइएको रहेछ । मेरो छोरीको नाम २५ नम्बरमा थियो । पहिला त बिरामीको सङ्ख्या देखेर नै मलाई तीनले के-कसरी रोगको निर्क्योल गर्लान भन्ने लागेको थियो तर पनि छोरीको नाजुक हालतलाई हेरेर आफ्नो नम्बर कुरेर देखाउन वाध्य थिएँ ।
अन्तमा हाम्रो पालो आए’सी तीनले पुरानो रिपोर्ट समेत हेरे । “कहिले काहीँ ‘यो’ औषधीले समेत वाक-वाक लगाउन सक्छ ... ल एउटा अर्को औषधि थपि दिन्छु ..त्यसले ठीक गर्छ... नत्र एकचोटी जण्डिसको टेस्ट गर्नुपर्ला” भनेर अर्को एउटा नयाँ औषधि दिएर पठाए ।
तीनको नयाँ औषधि पनि ३ दिन लगातार खूवाउँदा समेत कुनै असर गरेन । छोरीलाई कुनै अस्पतालमा लगेर भर्ना नै गर्नु पर्ने स्थिति देखियो । इलेक्ट्रोबाइन र जीवनजल खुवाउँदा खुवाउँदा छोरी पानी समेत सुँघेर मात्रै खाने भइसकेकी थीइ। कुनै उपाए नलागे पछि इन्टरनेट खोलेर गुगलमा उसका सिमटमहरू सर्च गर्न थालेँ । सानै बच्चा भएकोले गम्भीर प्रकृतिका रोगलाई मतलब नगरेर बच्चाहरूमा हुन सक्ने सामान्य रोगहरूमा ध्यान बढाएँ । करिब ३ घन्टा गुगलमा खर्चेर ५-७ वटा साइटको रिजल्टहरू तुलना गरेर हेर्दा रोग करिब करिब पत्ता लगेको जस्तो लाग्यो । ‘सेल्फ मेडिकेसन’ गलत भएपनि दुई-दुईजना विशेषज्ञको बे-असर उपचार देखि सकेकोले जे सुकै होस भनेर जुकाको औषधि किनेर लगेँ । डक्टरले दिएको औषधि त्यत्तिकै छाडेर एक डोज जुकाको औषधि दिएँ छोरीलाई । भोलिपल्टै छोरी धेरै ठीक भइ .....

►ONLINE HOME BASED JOB ( EARN MONEY)

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image