संसारको कुनै कुनामा एउटा यस्तो देश थीयो, जहाँ- प्रशासकहरु योजना बनाउँथे, प्राविधिकहरु प्रशासन चलाउँथे । व्यापार गर्नलाई विद्यालय खोलिन्थ्यो, चुनाव जित्नलाई असत्य बोलिन्थ्यो । समाचारको नाममा दलद्वारा एकपक्षीय पत्रिका चलाइन्थ्यो, सत्याग्रहको नाममा नेताद्वारा राष्ट्रिय सम्पत्ति जलाइन्थ्यो । हाकिमहरु इमान्दारिको नारा दिएर कराउँथे, दस्तुर बुझाउन नसक्नेका फाईलहरु अफिसबाटै हराउँथे । प्रगति: चाकडिवाजहरु पोसिन थाले, इमान्दार कर्मचारीहरु खोसिन थाले । नेताहरु देश भुली, कुर्सीमै रमाउन थाले, शिक्षकहरुले चक डस्टर छाडी झण्डा समाउन थाले । पार्टीका अयोग्यले पनि उच्च पद पाउन थाले, बुद्धिजिवी र शिक्षितहरु विदेश धाउन थाले। शहरमा उपचार महँगो भएर बिरामी मर्न थाले, जिल्लाका अस्पतालमा पिउन पालेले अप्रेशन गर्न थाले । परिणति: सरकारी स्कूलमा पढ्नेलाई कसैले मानेनन् , बोर्डिङमा पढ्नेले आफ्नै भाषा पनि बोल्न जानेनन्। देशमा विदेशी छिर्न थाले, आर्थिक स्थिति गिर्न थाले । नेताहरु आ-आफैं लड्न थाले, भ्रष्टाचार दिनदिनै बढ्न थाले। धर्म र परम्परा मैलिन थाल्यो, देशमा विदेशी संस्कृति फैलिन थाल्यो । योजनाहरु सबै मन्द भए, बिकास निर्माण बन्द भए । समष्टि: संसारको कुनै कुनामा एउटा यस्तो देश थियो, अहिले पनि त्यस्तै छ पचास बर्ष अगाडि जस्तो थियो
►ONLINE HOME BASED JOB ( EARN MONEY)
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*