मेड्रिडस्पेन(एजेन्सी)शनिबार स्पेनिसलालिगाअन्तर्त यस सिजनकोउपाधि विजेता टोली छिनोफानोहुन गइरहेको छ।जसमा दुई शीर्ष टोली बार्सिलोना र रियल मेड्रिड उपाधि जित्नका लागि खेल्दै छन्। एक अंकको मात्रै फरक भएकाले लालिगा रोमाञ्चक क्लाइमेक्समा छ। बार्सिलोनाले ग्रानाडालाई हराएमा उपाधि जित्नेछ भने रियलको मामिलामा जितेपनि बार्सिलोनाले हार्नुपर्छ। तर उपाधिको छिनोफानो नजिकिएको स्थितिमा ग्रानाडाका दुई खेलाडी डेविड बराल र इसाक क्यून्काले ब्रीफकेस लिएको तस्वीर सार्वजनिक भएको छ। स्पेनिस टेलिभिजन च्यानेल टेलिफाइभमा देखाएअनुसार उक्त ब्रिफकेसमा ५ सयवटा युरो नोट रहेको दाबी गरिएको छ। त्यस्तै ग्रानाडाका गोलकिपर इभान केभालाको भनाइले पनि सो ब्रिफकेस नोटले भरिएको अनुमान लगाएको स्पेनिस मिडियाको दाबी छ। केभालाले यसै साता भनेका थिए कि यदि बार्सिलोनालाई हराएमा मेड्रिडले ग्रानाडालाई बोनस बाँडनेछ। तर पछि उनले यसो नभनेको भनेर आफूलाई बचाउन खोजेका थिए। रियल मेड्रिडले नोटले भरिएको ब्रिफकेस ट्रेनिङ ग्राउन्डमा दिएको पनि भनिएको थियो। रियल मेड्रिडले डिपोर्टिभोसँग खेल्नेछ। जसअनुसार बार्सिलोनालाई डिपोर्टिभोका खेलाडीलाई खैरो खाम पठाएको हो कि भन्ने पनि अड्कल लगाएको छ। अड्कल लगाउनेले बार्सिलोनाले डिपोर्टिभोका खेलाडीलाई प्रेरणास्वरूप रकम दिएमा रियल मेड्रिडविरुद्ध आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछ भन्ने सोचेको छ कि ? खेलाडीलाई यस्ता अनियमिता रकम दिने जाँच गर्न स्पेनी आयकरले २२ निरीक्षकहरूलाई परिचालन गरेको पनि स्पेनी वेबसाइटले जनाएको छ। खेलाडीको खातामा पैसा ट्रान्सफर हुनेमा उनीहरूले जाँच गर्नेछन्। यस्तै प्रसंगमा १९९२–९३ सिजनमा बार्सिलोनाले अन्तिम खेलमा रियल सोसाइदालाई १–० ले हराएर त्यो सिजनको लिग जितेको थियो। त्यसबेला रियल मेड्रिडले टेनेरिफसँग अवे खेलमा २–० ले हारेपछि नै बार्सिलोनाले उपाधि जितेको थियो। टेनेरिफका खेलाडीले त्यो खेलमा रियल मेड्रिडलाई हराउन पैसा पाएको उल्लेख गरिएको थियो। तर बार्सिलोनाका अध्यक्ष जोन गेसपार्टले यसै साता भने–‘हामीले कहिल्यै केहीका लागि पैसा तिरेको छैन।’ ब्रिफकेसको तस्वीर सार्वजनिक भएपछि बरालले बताए– ‘उनीहरूले हामीलाई सोधेका थिए कि हामीले रोक्नका लागि पैसा लियो भनेर। यो सबै केही रमाइलो मात्रै थियो। हामीले साँच्चिकै केही पनि स्वीकार गरेका छैनौं। हामीले उत्कृष्ट जति गर्न सक्छौं त्यो गर्ने हो।’ स्पेनमा स्पोर्टिङ पेनल कोडको आर्टिकल २६८ अनुसार पैसा लिनु पक्राउ गर्नेे प्रावधान रहेको छ। www.tourmynepal.com क्यून्काले यसै सन्दर्भमा थप– ‘यो पैसा लिएको कुरा वाहियात हो। यो गैरकानुनीसमेत हो र कैदी हुनुभन्दा त मैदानमा रहनु नै जाति हो। शनिबार हुने यस सिजनको ला लिगाको अन्तिम खेलमा केही खेलाडीले केही कारणले राम्रो खेल्नेछन्। ग्रानाडाका गोलकिपर जिसस फर्नान्डेजले रियल मेड्रिडलाई सहयोग गर्न सक्नेछन्। किनभने रियल मेड्रिड उनको पुरानो क्लब थियो। त्यस्तै रियल मेड्रिडका स्तम्भकार टोमास रोन्सेरोले ग्रानाडाविरुद्ध बार्सिलोनाका लागि जुन रेफ्री छानियो त्यो किन भयो भनेर प्रश्न तेर्साएका छन्। सो रेफ्रीले एल क्लासिको खेलमा गेरेथ बेलको गोललाई रुलआउट गरेका थिए। यो कुनै संयोगवश भएको पनि रोन्सेरोले आरोप लगाएका थिए।
If You want Advertiese Here mail us at info@advertnepal.com