• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

यात्रा कलेजको…

हिजो बेलुकादेखि नै सिमसिम पानी परिरहेको थियो । आज बिहान पनि सिरसिर बतास चलिरहेछ साथमा सिमसिम पानी पनि परिरहेछ । साउने झरी कहिले थामिने हो थाहा नै हुन्न । आज मेरो कलेजको पहिलो दिन… कस्तो हुने होला । मनमा अनेकन कुराहरु खेलिरहेछ । तै पनि तयार त हुनुप¥यो नि ! (कलेज जान राम्रो पहिरन लगाउँदै) पहिलो पटक कलेज जाँदै छु, कक्षाकोठा खोज्न पनि गाह्रो, स्कुले साथीहरु पनि सबै अरु कलेजमा गएका छन्, मेरो त साथी भनेको कोही पनि छैन । गएकै दिनमा कोही न कोही त साथी बन्ला नि ! यदि नबने पनि सँगै बस्नेसँग नै फ्रेन्डसिप गर्नुपर्ला । सँगै बस्ने फेरी कोही केटी भईन् भने….अरे कसरी बोल्नु उसँग । बोल्न पनि के गाह्रो छ र ! केटी भएर के भो त ? मलाई खाँदैन क्यारे, उ पनि त एक मानव नै हो, कुनै दानव त हैन नि ! किन डराउने । (चिया पिउँदै) आज कति चिसो छ । साउन महिनामा त यति धेरै चिसो छ, जाडो महिनामा कसरी कलेज जाने होला ? बिहान ६ बजे कलेज पुग्नुपर्ने, जाडोमा…. वो माई गड ! (बाहिर निस्कन अगाडी ऐना हेर्दै) ऐना हेर्दा त ठीकै छ तर कलेजमा पुगेपछि मेरो फेस कस्तो हुने होला । ह्या….. के को डर ? कसले के गर्छ र ! ल हिँड केटा, छाता समाउँदै…..। त्यसपछि, म आफ्नो कदमलाई कलेजको गन्तव्यतिर बढाएँ । ‘व गड….., बाहिर त झन् कति चिसो’ भन्दै म कलेजतिर लागें । केही समयको पैदल यात्रा पछि म कलेजको गेटमा पुगें । मेरो आफ्नो स्कुले साथीहरु मध्ये कोही पनि नभएकोले मेरो मनमा डर पैदा हुन थालिसकेको थियो । गेटबाट भित्र पसें अनि……… मेरो नजर एउटा सुन्दर युवतीमाथि पुगे । सेतो रङ्गको पहिरन, कपाल छाडेको अनि कानमा रिङ्ग । मैले उनीबाट नजर हटाउन सकिन, एकोहोरो उनलाई नै हेरिरहें । थाहा छैन, उनलाई मैले पछाडीबाट देखेर पनि किन नजर हटाउन नसकेको भनेर । म उनको पछि लाग्न थालें । यत्तिकैमा, एकजना युवकले मेरो हात समात्यो र सोध्यो,‘के तिमी नयाँ हो ?’ ‘अँ हो’ मैले भनें । व गड…. म त -यागिङ्कको सिकार पो भएछु, मलाई नै थाहा छैन । त्यसपछि त्यो केटाले मलाई उनीहरुको ग्रुपको अघि लग्यो र भन्यो,‘नयाँ हो, -यागिङ्क त गर्नुपर्छ ।’ अनि मैले पनि, म पनि के कम भन्दै,‘भन के गर्नुपर्छ मैले ?’ भनी सोधें । उनीहरुले मलाई भन्यो,‘उ त्यो पहेंलो कुर्ता लगाएको केटीलाई गएर आई लभ यु भनेर आइज ।’ म अकमक्क परें । ‘कसरी त्यस्तो भन्ने हो, मैले चिनेको पनि छैन, चप्पलले हान्यो भने ?’ मैले प्रश्न गरें । सबैले एकैस्वर भयो,‘-यागिङ्क हो गर्नैपर्छ, नत्र नाङ्गै बनाएर कलेज घुमाउँछु ।’ अनि मैले, नाङ्गो भएर सबैको अघि बेइज्जत हुनु भन्दा त त्यो केटीको हातबाट चप्पल खानु नै बेश हुन्छ, भनी त्यो केटी भएतिर गएँ । जब म उनको अघि परे, म मैन झैं पग्लिन थालें । मेरो होशहवास नै ठेगानमा थिएन । मलाई के गरुँ, के गरुँ भयो । कसरी त्यस्तो शब्द मुखबाट निकालौं भयो । मैले भएभरको डरलाई मनको एक कुनामा राखेर एक्कासी उनको नजरमा पनि नहेरी ‘आई लभ यु’ भनें । मेरो अभागी कर्म……. युवती नै परिवर्तन ? जसलाई मैले पछाडीबाट देखेको थिएँ र जसको पछि म लागेको थिएँ, उ नै मेरो अगाडी रहिछिन्, अनि मैले उनलाई नै पो भनेछु,‘आई लभ यु’ । अब त झन् धेरै डर लागेर आयो । उनले मलाई हेरिरहेको छ तर म……? अनि उनले मलाई भनिन्,“तिमी पनि ¥यागिङ्कको सिकार भएछौं कि क्यो हो ?’, ‘हो’ मैले एकैशब्दमा जवाफ दिएँ । त्यसपछि उनी अरु केही कुरा नगरी आफ्नो बाटो लागिन् । सायद, उनले मेरो झुकेको नजरलाई देखेर अनि मेरो निर्दाेष नयनहरुलाई देखेर मेरो भित्री मनको कुरा बुझिन् जस्तो लाग्छ, त्यसैले उनले मेरो भावना चाँडै बुझिन् । नत्र भने त्यस्तो शब्द नचिनेको व्यक्तिले कसैलाई एक्कासी भन्यो भने जो पनि रिसाउँछ । तर, उनले त मेरो भावना चाँडै बुझिन् कसरी त्यो त मलाई थाहा भएन । तर मैले उनलाई बिर्सन सकिँन, उनको यादलाई साथमा लिएर म आफ्नो कक्षाकोठा खोज्नतिर लागें । ‘बल्ल बल्ल भेटियो कक्षा पनि’ भन्दै म कक्षाकोठाभित्र पसें । त्यसपछि एउटा खाली बेन्च छानेर म बसें अनि एकछिनमा शिक्षक आउनुभयो र पढाउन थाल्नुभयो । शिक्षकले हामीलाई अंग्रेजी विषयको अध्ययन गराउँदै हुनुहुन्थ्यो, त्यत्तिकैमा ढोकामा आवाज आयो ‘मे आई कम इन सर ?’ सबैका नजर त्यो ढोकातिर गयो तर मेरो नजर भने ढोकामा उभिएकी केटीप्रति, जसलाई मैले आई लभ यु भनेको थिएँ । शिक्षकको अनुमति पश्चात उनी भित्र आईन् । मेरो छेऊको सिट खाली थियो । त्यसैले मलाई डर लाग्न थाल्यो, कतै उनी म सँगै आएर बसिन् भने । नभन्दै उनले मसँग सोधिन्,‘म यहाँ बस्न सक्छु ?’ मैले केही बोल्न सकिन । मैले उनलाई एकोहोरो हेरिरहें तर, उनी त्यही बसिहालिन् । खै के भनुँ, एक मनले भन्छ उनले मेरो भावना बुझिन्, अर्को मन भन्छ, किन डराएको मि. सुमन । उनी मसँगैको सिटमा थिईन् । मेरो मन उनीतिर बढी थियो, पढाईतिर कम । मेरो मनमा अनकौं कुराहरु शुरु हुन थाले । के सोचिन् होला उनले । जब उनले मलाई बस्नको लागि सोधिन् म अकमक्क परें । अचानक आई लभ यु पनि उनलाई नै भनें अनि फेरि एउटै कक्षा अनि त्यसमाथि पनि एउटै बेन्च । मेरो मन वशमा थिएन, मेरो मन पढाईतिर लागेन । एकतिर डर थियो भने अर्काेतिर लाज । त्यो दिन त्यत्तिकै बित्यो । त्यसपछि, म लगातार कलेज गई नै रहें तर उनीसँग मैले बोल्न सकिरहेको थिएन । उनी मसँगैको सिटमा बस्थ्यो तर पनि हामी बीच कुनै बोलिचाली थिएन । उनी मतिर हेरेर कहिले मुस्कुराउँथिन् त कहिले म उनीतिर हेरेर । हामीबीच मात्रै मुस्कान साटासाट भएको थियो । यहाँसम्म कि हामीलाई त एकअर्काको नाम पनि थाहा थिएन । ए…सरी ! सायद उनलाई मेरो नाम थाहा थियो कि, मलाई त थाहा छैन । म बोल्न चाहन्थे र पनि सक्दिनथिएँ । पहिलो पटक कोही केटीसँग म बोल्न डराएको छु । किन ? त्यो त मलाई थाहा छैन । तर म एकदिन उनीसँग फ्रेन्डसिप गर्छु भन्ने ममा विश्वास थियो । यसरी नै घरबाट आँट लिएर कलेज जान्थे अनि उनीसँगैको सिटमा बस्दै अनि उनको एक हेराईमा भएभरको आँट सबै भुँइमा खसाल्दै बसें । झण्डै झण्डै १ वर्ष भयो । हाम्रो बोर्ड परीक्षा पनि नजिकै आयो । त्यसबेलासम्म पनि हामी बीच बोलीचाली भने थिएन । मैले त उनको अरु साथीहरु पनि कोही देखिन, कक्षामा । सधैं एक्लै बस्थिन् उनी । कसैसँग बोलेको पनि थाहा छैन । कसैलाई देखेर हाँसेको पनि थाहा छैन तर कक्षामा कहिलेकाहीँ मेरो अनुहारतिर हेरेर मुस्कुराँथिन् । कहिले लाग्थ्यो म उनको लागि जोकर भए कि क्या हो ? तर, होईन । यो कुरामा विश्वस्त छु किनकी उनले एकपटक हाम्रो कलेजको स्वागत कार्यक्रम हुँदा सबैजना हाँसेको त्यो नाटकमा उनी एकदम चुपचाप उभिरहेकी थिइन् । त्यसैले उनको लागि म कुनै जोकर होइन भन्ने कुरामा मलाई विश्वास छ । अब मैले उनीसँग साथीको नाता गाँस्नुपर्छ । सायद, उसलाई पनि साथी चाहिनसक्छ । त्यसैले मैले उनीसँग बोल्न अनि फ्रेन्डसिपको नाता गाँस्न भनि आँट लिएर कलेज गएँ । सधैं झैं म कक्षाकोठामा बेन्च बसें । पहिलो कक्षा शुरु भयो तर उनी आईनन् । कस्तो बिडम्बना ? आज त म बोल्छु भनेर आएको झन् उनी कलेज नै आईनन् अब के गर्ने ? भन्दै म बसिरहें । एकछिनमा दोस्रो कक्षाको शिक्षक आउनुभयो अनि उनीपनि शिक्षकसँगै आईन् । मन त हल्का भयो तर बोल्न कुरै आएन । अनि मैले पहिलो कक्षाको बहाना बनाएर ब्रेक टाईममा बोल्छु भन्ने सोचें र पढाईतिर मन लगाए । किनकी दोस्रो कक्षा पश्चात १५ मिनेटको ब्रेक टाईम हुन्थ्यो हामीलाई कलेजमा । ब्रेक टाइम भयो । ‘हेलो ! पहिलो पिरेडमा के पढायो ?’ उनले मलाई सोधिन् । म एकछिन त अकमक्कमा परें । अनि मैले उनलाई जवाफ दिएँ,‘अँ…… खासैं… केही हैन, अलिकति नोट लेखाउनुभएको थियो ।’, ‘के तिम्रो कापी म आज लान सक्छु, प्लिज, यदि तिमी माइन्ड गर्दैनौ भने ?’ उनले भनिन् । अनि मैले ‘हुन्छ, भै हाल्छ नि’ भनें । अनि मेरो कापी लिएर उनले आफ्नो ब्यागमा हालिन् । त्यसपछि कलेज छुट्ने समयमा कक्षा सकाएर उनी आफ्नो बाटो अनि म आफ्नो बाटो लागें । तर, ब्रेक टाइममा जति बोलियो त्यसपछि हामीबीच केही कुराहरु भएनन् । घर पुगेर राति सोच्न थालें । आज बोल्न आँट लिएर गएको थिएँ तर उनी आफै बोलिन् । हरपल हरक्षण किन यस्तो हुन्छ ? हरपल उनले मेरो भावना अनि मेरो मनको कुराहरु किन बुझ्छिन् ? के नाता छ हामी बीच ? न त यो भन्दा पहिले उनले मलाई भेटेकी थिइन् न त मैले उनलाई । आखिर किन यस्तो भैरहेछ ? के यो माया हो ? खैर माया नै भएको भए पनि बोल्ने आँट आउनुपर्ने नि, नत्र कसरी प्रेम प्रस्ताव राख्नु ? यस्तै कुराहरु सोच्दै थिएँ । अर्काे कुरा मेरो मनमा झट्ट आयो,‘ओ…..सेट् ! मेरो सबै भावनात्मक कुरा त्यो कापीको अन्तिम पानामा लेखिएको छ, त्यो पनि उनीसँग जोडिएको कुरा, यदि उनले अन्तिम पानामा हेरिन् भने भोलि त मेरो कलेजमा पोल खुल्छ अनि हामी दुवैको बेइज्जत, फेरि हाम्रो परीक्षामा दोधारमा पर्छ । उनले कलेजमा भण्डाफोर त नगर्लान् तर उनले मलाई के सोच्लिन् ।’ मेरो परीक्षा बिग्रिए त केही छैन तर उनको बिग्रन भएन । हे भगवान् ! उनलाई त्यो अन्तिम पाना पल्टाउने मन नदिनु । उनले त्यो पाना नहेरोस् । हे भगवान् ! मलाई बचाऊ……। हो म उनलाई मन पराउन थालेको छु । खै किन हो ? एकदिन मात्र उनलाई देखिन भने पनि मलाई औंसीको रात झंै लाग्न गालेको छ । मैले उनलाई मन पराउनु ठीक हो या हैन ? तर, कसरी भन्नु राम्रोसँग चिनेको पनि छैन । यदि उनले त्यो कापी हेरिन् र मेरो भावना बुझिन् भने त ठीकै छ । तर, उनले मलाई नराम्रो सोचिन् भने कसरी उनको अघि पर्नु ? हे भगवान् मलाई बचाऊ, आज म तिम्रो चरणमा आएको छु, यो पापीको गुहार आज त सुनिदेऊ……। मनमा डर राखेर म कलेज गएँ । कक्षाकोठा सुनसान थियो, कोही पनि आएको रहेनछ । केही समयपछि कक्षाका अरु साथीहरु आए र उनी पनि आईन् । कसरी बोल्ने आँट आएको थिएन । मैले केही भन्न नपाउँदै उनले मलाई भनिन्…. ‘थ्याङ्क यू ल ! तिम्रो कापी दिएकोमा, नत्र कसरी त्यति धेरै नोट सार्ने ? थ्याङ्क यू भेरी मच् ।’ अनि मैले भने,‘ठीकै छ, साथीलाई परेको बेलामा सहयोग गर्नु नै ठूलो कुरा हो नि हैन र ?’, ‘अँ त्यो त हो’ उनले भनिन् ‘तिमीलाई एउटा कुरा सोध्नु थियो ।’, ‘के कुरा हो भनन’ मैले भने । ‘सेक्रेट कुरा छ, छुट्टीमासँगै कलेजबाट निस्कौं न हुन्न अनि भन्छु’ उनले भनिन् । अनि मैले ‘हुन्छ’ भनें । त्यत्तिकैमा कक्षामा सर आउनुभयो र हामीलाई पढाउन थाल्नुभयो । तर, मेरो मनमा अनेक कुराहरुले बास गर्न थाल्यो । कतै उनले कापीमा मैले लेखेको कुरा देखिन ? कतै उनले मलाई कलेज छुट्टी पछि जुत्ताले त हान्ने होइन ? यदि म पनि तिमीलाई मन पराउछु भनिन् भने म त छाँगोबाट खसे झैं हुन्छु । तर, भन्दिन उनले । जो होगा देखा जायेगा…. छुट्टी पछि । उनले भनिन् ‘तिम्लाई एउटा कुरा सोध्नु छ भनेको थिएँ के भने नि !’, ‘किन अप्ठ्यारो मानेको भनन के हो ?’ मैले भने । उनले भनिन्, ‘मलाई …. तिम्रो ….. कापी कस्तो मन परेको थियो, कहाँ किनेको देखाइदिन्छौ कि भनेर….।’ मेरो मन वशमा आयो । मैले भने,‘ल हिँड न त अहिले नै ।’ अनि त्यसपछि हामी दुवै स्टेशनरीमा गएर कापी किनेर आआफ्नो बाटो लाग्यौं । कक्षामा बोर्ड परीक्षाको लागि बिदाको सूचना आयो । उनी कक्षामा थिइनन् । अनि म कलेजको कौसीमा एकछिन जान मन लागेर गए । अनि मैले उनलाई एकजना केटासँग कुरा गरीरहेको देखें । उनी अलि टेन्सनमा पनि थियो, अनि केटासँग रिसाएको जस्तो लाग्थ्यो । म टाढै बसेर हेरिरहें । उनीहरु के कुरा गरिरहेथ्यो त्यो त मलाई थाहा थिएन तर केटाले बेलाबेलामा ठूलो स्वरमा ‘म तिमीलाई चाहन्छु तिमी पनि त मलाई चाहन्छौ’ भन्ने शब्द आफ्नो मुखबाट निकालिरहेको थियो । त्यो केटाले आफ्नो हातले कसेर उनको हात समाएको थियो । एकतिर मलाई रिस पनि उठेको थियो कि त्यो केटाले उनको हात त्यसरी समाएको देखेर तर, फेरी उनीहरुको समस्या नबुझि उनीहरुको अघि गयो भने फेरी म नै नराम्रो हुन्छु कि । केही समयपछि उनको नजर ममा प¥यो । उनले म तिर हेरिन् र भनिन्,‘म अरु कसैलाई मन पराउँछु, म ऊ बिना बाँच्न सक्दिन, म ऊ बिना अरु कसैलाई मन पराउन त के सोच्न पनि सक्दिन ।’ मलाई उनको आँखाले ईशारा गर्दे थियो । के कुराको ईशारा गरेको त्यो त बुझिन तर म त्यहाँ बस्न उचित छैन भनि आफ्नो बाटो लागें । उनले अरु कसैलाई मन पराउछु भनेको सुनेर होला म आफुलाई वशमा पार्न सकिन । यहाँ सम्म कि मेरो परीक्षा पनि बिग्रियो । दोस्रो वर्षको कक्षामा १ महिना पछि मात्र म कक्षामा गएँ । त्यसदिन मैले उनलाई देखिन । उनको नाम थाहा थिएन, कसरी के भनेर अरुलाई सोध्नु त्यसमाथि पनि उनको कोही साथी छैन । म हैरान भएँ । लगातार १५ दिन कलेज गएँ तर उनी एकदिन पनि कलेज आईन । त्यसपछि म पनि कलेज जान छाडिदिए किनकी जब म कलेज जान्थे उनको याद आउथ्यो, पढाईमा मन लाग्दैन थियो । करीब ६ महिनामा बित्यो । त्यस रात म आफ्नो कोठामा मोबाईलमा च्याट गरिरहेको थियो । त्यत्तिकैमा मलाई नयाँ नम्बरबाट म्यासेज आयो, ‘मलाई फोन गर, म सँग ब्यालेन्स छैन, एकदमै ईमर्जेन्सी छ ।’ अनि मैले त्यो नम्बर डायल गरें, ९८………….। ‘हेलो !’ उताबाट आवाज आयो एउटी युवतीको । अनि मैले फर्काएँ ‘हेलो !’, उनले भनिन्, ‘म सिर्जना, तपाईकी गाउँकी, तपाईलाई एउटा कुराको खबर गरिदिउँ भनेर ।’ ‘ए ! तिमी पो, अँ भनन के हो त्यस्तो कुरा ?’ मैले सोधें । उनले आफ्नो बोली रोकिरोकि बोलिन्, एकदमै अप्ठ्यारो मानेर उनले मलाई बताईन्,‘तपाईको आमा बित्नुभयो ।’ त्यति भनेर उनले फोन राखिदिईन् । मेरो आफ्नो होशहवास ठीक ठाउँमा रहेन । बेलुकाको समय जाऊँ भनेपनि कसरी जानु त्यति टाढा….? आफ्नो मन वशमा थिएन । कहिले बिहान होला र जाऊँला झैं भएको थियो । भोलिपल्ट बिहान म आप्mनो घरतिर जान हिँडे । बसपार्कमा गएर फस्ट टिप गाडी समाते । करीब ३ घण्टा लाग्थ्यो बसमा । बसमा यात्रा गरिरहँदा पनि मेरो मन वशमा थिएन, यहाँसम्म कि मैले खलासी दिएको हजारको नोट, बसबाट झर्दा फिर्ता आउने पैसा पनि लिन बिर्सेछु । घर पुगें । गाउँका सबै मानिस मेरै घर अगाडी थिए । घर अगाडी सेतो कपडाले छोपिएको अवस्थामा लाश थियो । त्यसपछि मैले आफ्नो होश गवाएँ, म त्यो लाशको अघि गएर रुन थाले । मलाई यो संसार देखाउने, अनि ९ महिनासम्म आफ्नो कोखमा राख्ने, अनि यो संसारमा जिउनको लागि चाहिने हरेक कुराहरु सिकाउने मेरी आमा आज मलाई छोडेर गईन् । कसले पो बिर्सन सक्छ र आफ्नी आमालाई, जसले आफुलाई यो संसारमा ल्याईन् । मलाई कति धेरै माया गर्थिन्, सानैदेखि मेरो कति ख्याल राख्थिन् उनले । म एकदिन स्कुलबाट ढिला आएँ भनेपनि गाउँभरी खोज्न हिँडिसक्थिन् । म एकदिन दाजुदिदीसँग झगडा गरेर रिसाएँ भनेपनि उनीहरु गाली गरेर मलाई फकाउनुहुन्थ्यो, मलाई कति माया गर्थिन् । आज यो संसारबाट मलाई सबैभन्दा बढी माया गर्ने मान्छेलाई भगवान्ले लगें । धिक्कार छ त्यो भगवान्लाई…..। त्यसपछि हामीले लाशलाई चिहानमा लग्यौं र सबै कामक्रिया सकाएर घर फर्कियौं । करीब २÷३ महिना बित्यो । शहरबाट फोन आयो, मेरो साथीको । ‘वोई ! कता हराएको दोस्त, बोर्ड परीक्षा नदिने ?’ अनि मैले केहीदिन भित्र आउछु भनी आफ्नो शहर जाने तयारीमा लागें । आज धेरै समयपछि म शहर आएँ । मेरो बन्द कोठाको ताला खोले र बिस्तारै ढोका ढकेलें, ढोका खोल्ने बित्तिकै मैले त्यहाँ पाएँ, ७÷८ वटा खाम । मेरो कोठामा त कहिले मैले खाम ल्याएको थिइन, कहाँबाट आयो त । फेरी मलाई यो चिठ्ठी नै पठाएको भए पनि कसले पो पठाउँछ ? अनेक कुरा मेरो मन उठ्यो । अनि मैले एउटा खाम खोल्न लागें तर त्यस खामहरुमा पनि नम्बर लेखिएको थियो, जुन मिति अनुसार क्रम मिल्थ्यो । अनि मैले पहिलो खाम खोलें, जसमा लेखिएको थियो, ‘म तिमीलाई मन पराउँछु, के तिमी मलाई मनपराउँछौ ?’ चिठ्ठीमा कसले पठाएको हो नाम पनि लेखिएको थिएन । अनि सबै पत्र पालैपाले खोलेर हेरें सबैमा लेखिएको थियो, ‘मैले तिमीलाई प्रेम प्रस्ताव राखिसकें, तिम्रो जवाफको प्रतिक्षामा छु, चाँडो भन्दा चाँडो मलाई तिम्रो जवाफ देऊ, तिम्री पागलप्रेमी ।’ त्यसपछि म घरबेटीकोमा गएर कोही मेरो कोठामा आएको छ भनि सोधें । घरबेटीले भने,‘तिम्रो साथीहरु आएको थियो अस्ति, अरु त कोही देखिन ।’ त्यसपछि म अकमक्कमा परें । कसले यो चिठ्ठी ल्याएर छोडेको होला । मैले त्यस पत्रहरुलाई राम्रोसँग हेरें, त्यो पत्र हेर्दा हरेक १५ दिनको अन्तरालमा पत्रहरु आएका रहेछन् । अन्तिम पत्र हिजो भर्खर मात्र आएको रहेछ, अनि मैले सोचें, अबको १४ दिनमा अर्काे पत्र आउँछ, मैले यो कोठा त्यस दिन छोड्नु हुन्न । भोलिपल्ट, मैले साथीहरुलाई भेटें । अचानक घर जानुको कारण बताएँ, उनीहरुले मलाई सहानुभूति जनाए । मेरो अनुहार अलिक न्याउरो थियो, उनीहरुलाई पनि अप्ठेरो अनि म आफ्नो कोठातिर लागें । जब म आफ्नो कोठामा आईपुगें, अर्काे पत्र पाएँ । जसमा लेखिएको थियो,‘धेरै भयो तिम्रो जवाफ कुरेको अब सक्दिन, म तिमीलाई भेट्न आउँदैछु ।’ को होलिन् ? जसलाई यतिधेरै मेरो बारेमा सबै कुरा थाहा छ । मलाई यति नजिकबाट चिन्ने को हो ? मेरो बारेमा उसलाई सबै कसरी थाहा भयो ? पत्रमा केही लेखेको छैन फेरी कसरी चिन्ने उसलाई ? को हुन् उनी ? अनि मलाई किन भेट्ने कुरा गर्दैछिन् ? यदि मलाई मनपराउछ भनेपनि के मैले पनि मन पराउनुपर्छ र ? मैले उनलाई आफ्नो बनाईसकें जो आज म बाट धेरै टाढा छिन्, म उनी बाहेक अरुलाई सोच्न सक्दिन । यस्तै कुराहरु मनमा खेलाउँदै त्यो रात म ओछ्यानमा पल्टिएँ । भोलिपल्ट बिहान… ढकढक आवाज आयो, ढोका बाहिर । गएर ढोका खोलें । अनि मेरो नजर पछाडीतिर फर्किएकी एक युवतीमा प¥यो, सेतो कुर्ता, सिल्की कपाल, दाहिने साईडमा कालो रङ्गको ब्याग भिरेको अनि कालै रङ्गको स्यान्डल…….। ‘एक्स् क्युज मी !’ मैले भनें । उ म तिर फर्की र सोधि, ‘यो राजको कोठा हैन ?’ ‘हैन त, यो त मेरो कोठा हो, राज त यसको ठीक माथिको कोठामा बस्छ’ मैले भने । अनि उनी आश्चर्यचकित भईन् । उनी हत्त न पत्त माथिको कोठामा हुईकिएर गईन् । त्यसपछि म आफ्नो कोठा बन्द गरेर परीक्षाको तयारीमा लागें । एकछिनमा फेरि ढोका ढकढकायो । अनि मैले ढोका खोले लगत्तै उही युवतीले भनिन्, ‘सरी ! ल दाई, मैले राजको लागि भनेर लेखेको पत्र तपाईलाई परेछ, सबै पत्र फिर्ता गर्न सक्नुहुन्छ ?’ अनि मैले उनको सबै पत्रहरु विना संकोच फिर्ता गरें र उनलाई भनें,‘अबदेखि राम्रोसँग हेरेर मात्र पत्र पठाउनु है !’ केही दिनपछि……..। नभन्दै आज बोर्ड परीक्षा पनि आईसक्यो । प्लस टु पनि सकिने भयो । उनी कलेज आएकी छैन, परीक्षा त दिन आउलिन् कि ! सायद । जे होस्, एकचोटी मात्र भेट्न पाएको भए पनि मेरो मन कति खुशी हुने थियो । यदि उनी परीक्षा दिन आईन् भने पनि म बोल्न सक्छु र ? सायद बोल्न पनि सक्छु होला । बोल्न नसकेपनि एक नजर हेर्न पाए पुग्छ मेरो मनलाई, म त्यही क्षणलाई जीवनभर सम्झिएर बसुँला । यस्तै–यस्तै कुराहरु मनमा लिएर म परीक्षा दिनजानको लागि कलेजतिर लागें । कलेज पुगें । उही हाउभाउ….. सेतो रङ्गको पहिरन, लामो सिल्की कालो कपाल छाडेको, पछाडीबाट हेर्दा उस्तै लाग्यो । म उनको नजिक जान लागेको थिएँ त्यत्तिकैमा घण्टी बज्यो…उनी कता हराईन कता, म आफ्ना कक्षातिर लागें । फर्कंदा भेट्छु भनेर चाँडै निस्केर गेटमा बसें तर पाइन । यसरी नै अरु परीक्षाका दिन पनि बिते । अन्तिम दिन….. जसरी पनि भेट्छु । त्यो केटी उनी नै हुनुपर्छ भनेर म परीक्षा १ घण्टा अगावै छाडेर गेटमा गएर बसें । सबैजना परीक्षाहलबाट बाहिर निस्किए, तर उनी आईनन् । त्यसपछि म आफ्नो बाटो लाग्न खोजें, त्यत्तिकैमा मैले एकजोडीलाई एउटा कक्षाको ढोकामा बसेर गनथन गरिरहेको देखें, त्यो केटा उही थियो जसले उनीसँग के कुरामा हो झगडा गरेको थियो । अनि नजर अलि तेज बनाएर हेरें, त्यो केटी उनी नै रहिछिन्…..। त्यसपछि मैले सोचें, म किन उनीहरुको बीचमा जानु भनेर आफ्नो बाटो लाग्न थालें । त्यत्तिकैमा उनी भएतिरबाट आवाज आयो, ‘सुमन…..सुमन….!’ मैले आफ्नो नजरलाई फर्काइन, किनकी उनीहरु बीचमा म किन परुँ ? उनीहरुको मामलामा म किन फसुँ ? भन्दै म आफ्ना कदमलाई अगाडी बढाउन थाले । त्यत्तिकैमा मलाई कसैले पछाडीबाट हातले पित्यो, पिट्ने उनी रहिछिन् । मैले देखें, उनको आँखामा आँशु बाहेक अरु केही थिएन, उनको नजर मतिर झुकिएको थियो, उनी बोल्न चाहिरहेकी थिइन् तर सकिरहेकी थिइनन् । उनको यो अवस्था देखेर मेरो माया बढ्न थाल्यो । उनी बोल्न खोज्दाखोज्दै बोल्न सकिरहेकी थिइनन्, अनि उनले एक्कासी मलाई अंगालोमा बाँधिन् र भनिन्,‘आई लभ यू टु ।’ म अकमक्क परें । अनि उनले मतिर हेरेर आफ्नो नजर झुकाइन् । त्यो केटा आयो र उनलाई फेरी झपार्न थाल्यो । अनि उनले भनिन्,‘म सुमनलाई माया गर्छु, तिमीलाई हैन, म सुमन बिना बाँच्न सक्दिन, ऊ कलेज नआएकोले म पनि कलेज नआएको हो, मलाई थाहा थियो कि परीक्षा दिन उ आउनेछ भनेर त्यसैले म पनि परीक्षा दिन आएको, अब आइन्दा मेरो पछि लाग्ने हैन ।’ त्यति भनेपछि त्यो केटा आफ्नो बाटो लाग्यो । अनि हामी दुवै कुरा गर्दै एकान्त भएतिर लाग्यांै । उनले भनिन्, ‘तिमीले मलाई मन पराउने कुरा किन नभनेको ?’, ‘कसरी भन्नु आँट नै आएको थिएन त्यसमाथि अहिलेसम्म मलाई तिम्रो नाम पनि थाहा छैन’ मैले भनें । उनको हाँसोको सिमा नै रहेन कारण मलाई उनको नाम नै थाहा थिएन् । मैले पनि हाँसो थाम्न सकिन र एकैसाथ हाँस्न थाल्यौ । अनि उनले हाँस्दै हाँस्दै आफ्नो नाम मलाई बताइन् । यसरी नै हामीबीच एकअर्काको बारेमा धेरै कुराहरु साटासाट भए । बेलुकीपख घर फर्किने क्रममा उनले मलाई मसँग लुकाएको एकमात्र कुरा छुट्ने बेलामा भन्छु भनेको थियो । सोही अनुसार हामी छुट्ने ठाउँमा आइपुग्यौं । म उनलाई बस चढाउन भनी बसपार्कमा गएँ । उनी बसमा चढिन् र बसको झ्यालमा आएर म भएतिर आएर कुरा गर्न थालिन् । मैले सोधें,‘के हो तिमीले मसँग लुकाएको कुरा भनन ।’ बस गुडेपछि मात्र भन्छु भनेर जिद्दी गरिन्, उनले । करीब १० मिनेटपछि बस गुड्यो…..। बस अलिकति गुडेपछि उनी मतिर फर्किन् । म पनि त्यो कुरा सुन्नको लागि उनीतिर फर्केको थिएँ । बस अझ अलिक पर पुगेपछि उनले मलाई भनिन्, ‘मैले तिम्रो कापीमा लेखेको सबै भावनाहरु पढेको थिएँ, सरी फर ड्याट एण्ड आई लभ यु सुमन……!!! समाप्त (यस कथा तथा पात्रहरु काल्पनिक हुन्, कसैको व्यक्तिगत जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)

--राजीब श्रेष्ठ--

 

www.tourmynepal.com

www.hamrobus.com

 

 

     

If You want Advertiese Here mail us at  info@advertnepal.com

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image