• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

केही प्रचलित गाउँ खाने कथाहरू

अकासको आगो पतालको पानी मुख बाट ताने नाक बाट जाने = हुक्का तानेको।

अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति = कटुसको फल।

आमा छाद्छे, छोरी खान्छे- गाग्रीबाट लोटामा पानी सारेको।

आमाको रगतमा छोरी पकाइ खान्छु के हो? =तोरीको तेलमा तोरीकै साग पकाएको

एक खुट्टे धामी थरथरी कामी- जूको।

खाउँ रोटी खाइ नसक्नु, दाउँ बहर दाई नसक्नु, टेकौं लौरो टेकिनसक्नु, - घाम, बाघ र सर्प।

तीन भाइको एउटै पगरी- ओदान।

धार्नी न बिसौली दुई हातले उचाली- टोपी।

पुड्के बाहुनको सिर्के चन्दन, के हो? - मासको गेडा

नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छा बाउको अनुहार = बाँदरको सिकार।

नौ तले घरको झ्याल न ढोका, के हो? - बाँस

नाङ्लो भरी सुपारी, गन्नै नजान्ने व्यापारी = जून र तारा।

बीस तत्त्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ- गोरू जोतेको।

भुईंमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपियाँ दिऊँ- छायाँ।

यहाँ नाई त्यहाँ नाई बनियाँको बजारमा नाई, खोजि गए पाईदैन आईगए चाईदैन के हो? = भुँईचालो

लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी- जीरे खुर्सानी।

लेककी चरी औलामा झरी च्यापमा परी भुतुक्कै मरी- जुम्रा मारेको।

वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाईं। के हो? = दाँत र जीभ्रो।

वारी भर्याङ पारी भर्याङ तेरो बाउको लुते करङ- बाँसको फड्के (पूल)।

सेती गाई पानी खान गई फर्केर आउँदा राती भई = सेलरोटी पकाएको।

सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् = चुरोट खाएको।

हस्तबीरले सिंगबीरलाई पछार्यो- सिँगान फ्याँकेको।

माथिबाट आए सिंह राज शाही, तलबाट आए पाँचै भाई, सिँह राज शाहीले पछराई पाई के हो? =सिँगान फालेको लाटोले बाटोमा फाल्छ, बाठोले खल्तिमा हाल्छ के हो? =रुमालले सिँगान पुछेको

तामे नल फलामे फल के हो? = फापर

चाँदीको ठेकी स्याउलाको बिर्को =

मूला आफू छ काली, नाम भने राती।= रात (राति)

महिनाभरि झुन्डिएर बस्छ, फेरिएपछि अनुहार फेर्छ, के हो? = भित्ते पात्रो

जति तान्यो त्यति छोटो हुने, के हो? चुरोट

 

 

 

https://www.facebook.com/esewamarketing

https://www.facebook.com/AdvertNepal-666433730073770/

www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal 

www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to  Lumbini Bus Service.

If You want Advertiese Here mail us at  info@advertnepal.com

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image