• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

३१ वर्षे युवाले १० वर्षदेखी व्यवसायिक तरकारी खेती गर्दे

बाँके ढोडेगाउँका मोहिद्वीन बागवान उमेरले ३१ वर्षका भए । बागवानले व्यवसायिक तरकारी खेतीगर्न थालेको भने १० वर्ष बढी भैसक्यो । बागवान व्यवसायिक रुपमा तरकारी खेती गर्नु भन्दा पहिले गाउँ गाउँ बाट उत्पादीत तरकारी खरिद गरेर नेपालगञ्ज बजारमा विक्री गर्ने गर्थेे । दश वर्ष अघि दुई कट्ठा क्षेत्रफलबाट व्यवसायिक तरकारी खेती शुरु गरेका  बागवानले फाईदा हुदै गएपछि अहिले २५ कट्ठा क्षेत्रफल सम्म तरकारी खेती विस्तार गरेका छन ।

वर्षभरीमा कहिले काहि एक दुई महिनामा मात्र तरकारी उत्पादन नहुने  उनको बारीमा अन्य मौसममा सधै ताजा तरकारीहरु पाईन्छ । व्यवसायिक तरकारी खेती गर्नुभन्दा पहिले उनको घरपरिवारको स्थीति दयनिय थियो । साझ र विहानको छाक टार्न नै मुस्कील पर्ने गरेको बताउने  कृषक बागवान आफ्नो बुवा र दाईले तरकारीको व्यापार गरेको देखेर आफुपनि यहि व्यवसायमा लागेका हुन । पहिले बागवानको परिवार सगँ जग्गा जमिन केहि थिएन । तर अहिले उत्पादन भएको तरकारी विक्री गरेरै ७ कट्ठा जमिन खरीद गरीसकेका छन भने आधुनिक चार कोठे घर निर्माण गर्न थालनी गरेका छन । व्यवसायिक तरकारी खेती बाट बागवानले खर्च कटाएर बार्षिक चार लाख बचत गर्ने गरेको बताए । आफ्नो तरकारी बारीमा आफ्नो परिवार सगै दिनहु ३ , ४ जनालाई रोजगारी समेत दिने गरेको उनले भने । व्यवसायिक रुपमै तरकारी खेती बाट प्रगती गरेका युवा कृषक बागवानले  उत्पादीत तरकारी नेपालगञ्जका विभिन्न बजारमा पु¥याउने गरेका छन । पढाइको कुरा गर्ने वित्तिकै उनले भने मैले  कति पनि पढेको छैन पहिले खान लाउन पुग्थेन र पढ्ने बेला व्यापारतिर लाग्न प¥यो तर पनि हिसाव भने सबै आउछ । तरकारी खेती गर्दै जादा यो वर्ष जिल्ला कृषि विकास कार्यलय बाँकेले बगवानलाई युवा लक्षित कार्यक्रम आन्तरर्गत ६० हजार रुपैया सहयोग समेत गरेको बागवानले बताए ।  

 

https://www.facebook.com/esewamarketing

https://www.facebook.com/AdvertNepal-666433730073770/

www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal 

www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to  Lumbini Bus Service.

If You want Advertiese Here mail us at  info@advertnepal.com

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image