• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

jiwan ma sukh pauna chh bhne yo bujhi rakhnus

जीवन मा सुख: पाउनु छ भने, केहि बुझी राख्ने कुराहरु 

 

  1. लगातार दुई पटक भन्दा बढि कसैलाई कल नगर्नुहोस्। यदि उनीहरूले तपाईंको कल उठाएनन् भने सोच्नुस्  उनीहरू व्यस्त छन् ।
  2. तपाईंलाई सापटी दिने व्यक्तिले सम्झाउनु अगाबै उसँग लिएको पैसा फिर्ता गर्नुहोस् वा फिर्ता गर्न समय लाग्ने जानकारी गराउनुहोस् । यसले तपाईंको निष्ठा र चरित्र देखाउँदछ। यो कुरा छाता, कलम र पुस्तक जस्ता वस्तुमा पनि लागू हुन्छ।
  3. यदि कसैले तपाईंलाई लन्च वा डिनर खुवाउँदै  छ भने कहिल्यै मेनुमा भएको महङ्गो खाना अडर नगर्नुहोस् । 
  4. "ओह, त्यसोभए तपाईंको बिहे भएको छैन?" वा "तपाईंका बच्चाहरु छैनन्?" वा "तपाईंले किन घर नबनाउनु भएको?" जस्ता अप्ठ्यारो प्रश्नहरु नसोध्नुहोस् । किनकी यी तपाईंका समस्याका विषय हैनन् । 
  5. सधैं तपाईंको पछाडि आउँदै गरेको व्यक्तिको लागि ढोका खोल्नुहोस् । त्यो केटा वा केटी, वरिष्ठ वा कनिष्ठ हुनुले फरक पर्दैन । तपाईं कसैलाई सार्वजनिक रूपमा राम्रो व्यवहार गरेर सानो हुनुहुन्न । 
  6. साथीसँग ट्याक्सी चढ्दा पुरै भाडा उहाँले तिर्नुभयो भने अर्को पटक आफूले तिर्ने प्रयास गर्नुहोस् ।
  7. फरक-फरक विचार र धारणाहरूको सम्मान गर्नुहोस्। तपाईंले 6 देखेको चिजलाई तपाईंको अगाडि बस्नेले 9 देखिरहेको हुन सक्छ । दोस्रो विचार विकल्पको लागी राम्रो पनि मानिन्छ । 
  8. कोही मानिस् बोलिरहेको बेला कहिल्यै बाधा नपुर्‍याउनुहोस् वा हस्तक्षप नगर्नुहोस् । उनीहरूलाई आफ्नो कुरा पूरा गर्न दिनुहोस् । उनीहरूले भनेका सबै कुरा सुन्नुहोस् र फिल्टर गरेर बुझ्नुहोस्  । 
  9. यदि तपाईं कसैलाई जिस्काउनु हुन्छ र तिनीहरूलाई त्यो कुरा मन पर्दैन भने त्यसलाई रोक्नुहोस् र फेरि कहिल्यै नदोहोर्याउनुहोस् । यसले तपाइँ कत्तिको संवेदनशिल हुनुहुन्छ भन्ने कुरा देखाउँदछ ।
  10. कसैले तपाईंलाई मद्दत गर्दा "धन्यवाद" भन्न नबिर्सिनुहोस् ।
  11. सार्वजनिक रूपमा प्रशंसा गर्नुहोस्, अनि कमजोरी  सम्बन्धित व्यक्तिलाई नै भन्नुहोस् । 
  12. कसैको तौल, उचाईं र छालाको रङमा टिप्पणी नगर्नुहोस्  । त्यो उनीहरूको नितान्त व्यक्तिगत कुरा हो । 
  13. जब कसैले आफ्नो फोनमा तपाईंलाई फोटो देखाउँदछ, बायाँ वा दायाँ स्वाइप नगर्नुहोस् । 
  14. कसैले अस्पताल जानुछ भन्दा के को लागि हो ? भनेर नसोध्नुहोस् । "मलाई आशा छ तपाईं ठीक हुनुहुन्छ" भनेर सुभेक्षा जनाउनुहोस् ।  उनीहरूलाई आफ्नो व्यक्तिगत स्वास्थ्य अवस्थाको बारे बताउनु पर्ने असजिलो स्थितिमा नराख्नुहोस् । यदि उनीहरू तपाईंलाई बताउन चाहन्छन् भने  तपाईंको जिज्ञासा बिना नै बताउनेछन् । 
  15. कार्यालय सहयोगी र हाकिमलाई  समान सम्मानको साथ व्यवहार गर्नुहोस्। तपाईंको रुखो र अभद्र व्यबहारले कोही पनि प्रभावित हुँदैनन् । कसैप्रति गरिने राम्रो व्यवहारको लागि तपाईं कहिल्यै पछुताउनु पर्दैन । 
  16. यदि कोही तपाईंसँग प्रत्यक्ष रुपमा कुरा गर्दैछन् भने उहाँलाई सुन्नुहोस् । यस्तो बेला मोबाइलमा घोरिनू असभ्य व्यवहार मानिन्छ । 
  17. तपाईंलाई कसैले नसोधेसम्म सल्लाह नदिनुहोस्।
  18. कसैको उमेर र तलबका बारे नसोध्नुहोस् ।
  19. आफ्नो कामसँग मतलब राख्नुहोस् । आफू सम्बद्ध कुरामा मात्र चासो राख्नुस् । बाँकी कुरामा फाल्तु समय बर्वाद नगर्नुस् । 
  20. राम्रो सन्देश पढेपछि "सन्देशको लागी धन्यवाद" भन्न कोशिस गर्नुहोस्।

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image