• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

डेरा

घरबेटीकी छोरीका कथा धेरै लेखिन्छन डेरामा बस्ने उनको कथा आज म लेख्दैछु । शनिबारको दिन थियो , चोकमा बसेर साथीलाई कुरी रहेको थिए ।

एउटा रातो स्कुटी टक्क रोकियो मेरो अगाडि , हेल्मेट खोल्दै एक सुन्दर युवतीले सोधी

"दाइ , यता तिर कोठा खाली छैन होला ? "

मैले पनि मेरो घर तिर देखाउदै भनिदिए " उ त्यो निलो घरमा जानुन , तल्लो फ्ल्याट पुरै खाली छ । "

उसले स्कुटी बटारी र लागि उतै तिर ।

साझ घर फर्किन्दा आमाले भन्नुभो " ए कान्छा ! तेरो बाइक राख्ने ठाममा अर्को बाइक अट्छ त "

मैले बुझीहाले " मोरी फिक्स यही बस्ने भयिछ " । "अ आमा अट्छ , अस्ती बिनोद दाई आउँदा सँगै राख्या हैन र ? " को ?

पाहुना आउन लाग्या हो र ? पाहुना , साहुना होइन तल फ्ल्याटको एउटा कोठामा एउटी नानी बस्न आउने भयिन , उनको पनि साधन रहेछ राख्नु पर्यो नि " । मैले नबुझे झै गरे , ए ए - हुन्छ । आमाले बेलीबिस्तार लाउनु भो " घर ईलाम रहेछ , नर्स पढेर सकेको रे बिराटनगरबाट , जागिर चाँही विश्वबिद्यालयमा परेछ । " म कोठामा छिरे , आफ्नो अनुहार एनामा हेरे र मुसुक्क मुस्कुराए - केही हुन्छ कि गाठे । एक हप्तापछी उनी आइन , उस्को दाई आएका रहेछन । मैले एसो पुलुक्क हेरे - पछी ज्वाँईको खुट्टा ढोग्ने निधार कस्तो रहिछ भनेर । आमा , बुवा सँग कुरा कानी गरे , दाई लागे । साझ पर्न लागेको थियो , म तल झर्नलागेको थिए - आमाले भन्नुभो - ति नानीलाई गेटको एउटा चाबी दे " मैले उनको कोठामा छेउमा गएर भने " हाइ , म बिकेश - यो गेटको चाबी । " उसले मलाई देखेर मुस्कुराइ र भनी "अस्ती थेन्क्यु पनि भनिन , आज डबल थेन्क यु , बाइ द वे - म स्मिता " । " होइन थेन्कयु भन्नु पर्दैन , इट्स ओके । म आफु बाटो लागे , बासघारी कटे पछी सुर्य निकाले र जलाए र डाडामा गएर उसलाई सम्झिन्दै उढाए - धुवा । अब आँखा आँखा जुध्न थाली सकेको थियो , म फाइनान्समा काम गर्थे - उनको मेरो घर बाट निक्ल्ने समय र आयीपुग्ने समय उस्तै । थोरबहुत बोलचाल हुन्थ्यो , एक दिन फेसबुकमा सर्च मारेर एड गरे , रिक्वेस्ट पठाको २ सेकेण्डमा एसेप्ट भो । म : ओह , हाउ फास्ट उनी : म अनलाइन थिए , घरबेटी साप म : घरबेटी रे हाहा , यस्तो भन्न नपाई - यो हजुरको पनि घर हो उनी : के रे ? नहसाउनुन यस्तै यस्तै कुरा हुन थाले , अब फेसबुकको च्याट मात्र होइन , अब छुट्टीमा सँगै घुम्ने पनि हुन थालयो । आमा बाको आँखा छलेर , उनको मा म र मेरोमा उनी । लभ परेको पत्तै भएन , चल्दैथियो । एकदिन बुवाले भन्नुभो " तल्लो फ्ल्याट पुरै लिने मान्छे आका छन , ति नानीलाई अर्कै तिर सर भन्नु पर्यो " म केही बोलिन , आमाले मेरो मुख तिर हेर्नु भो र हाँस्दै भन्नु भो " ति नानीलाई अर्कै तिर चाँही होइन , माथि नै सर चाँही भन्नु पर्ला " म त छक्क परे , आमाको कुरा सुनेर । बेलुकी आमाले मलाई जिस्काउदै भन्नुभो " मलाई सबै थाहा छ , राम्री केटी सँग परेको छस , छिट्टै बिहा गर्नु पर्छ " । म एकतिर यती खुशी थिए कि एका तिर अचम्मित ।घरमा डेरा बस्न आएकी उ आज त्यही घरकी बुहारी छ , म सधैं सम्झन्छु " त्यो रातो स्कुटी , अनी उस्को सोधाई " दाई यता तिर कोठा खाली छैन होला " ???

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image