• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

love story

म त फ्रेण्डशिप गर्दै गर्दिन। गरिहालेँ
भने पनि कहिल्यै छोड्दिन।' ऊ यस्तै जेरीजस्तै
घुमाउरो कुरा गर्थी। तर पनि मलाई साह्रै
गुलिया लाग्थे।
पातली , लोभलाग्दी ऊ भटटट
बोलीरहन्थी।
'हजुर कता नि?'उसले फोनमा सोधी।
'म साथीहरुसंग'
'धेरै बरालिएर हिँड्ने हैन है! खुरुखुरु घर बसेर
पढ्ने।' उसको यस्तो चासो र हकपूर्ण आदेशहरु
सुन्न मलाई मजा लाग्थ्यो। त्यसैले कहिलेकाहिँ म घरमै
हुँदा पनि साथीहरुसंग छु भनिदिन्थेँ। उ गाली
गर्थी।
म हाँसिरहन्थेँ।....
ऊ दिनमा दशपल्ट फोन गर्थी,मेसेज गर्थी। म
मेसेज रिप्लाई गर्न टाइप गर्दैरहँदा, ऊ दुईचोटि
मिस्कल दिइसक्थी।
एकदिन उसले फोन गरिन। म तड्पीरहेँ , कुरिरहेँ,.....
अहँ मेसेज पनि गरिन। च्याटमा देखेँ, तैपनि ऊ
बोलिन। यसरी उ मसंग चटक्कै माया मारेर टाढा बनि।
उसले मबाट के चाहेकि थिई, पाउन सकिन वा
मैले उ माथी के अन्याय गरेँ, उसले सहन
सकिन?-
म सोचिरहेँ.......|
एकदिन अचानक ऊ माइक्रोमा भेटिई। ऊ
सामुन्नेको सीटमा बस्दैगर्दा म मुस्काउँदै बोल्न
खोजेँ तर ऊ मलाई नचिनेजस्तै गरि, बोल्न
चाहिन।
'आज ऊ यती नजिक हुँदा पनि पर अर्कै
व्रम्हाण्डमा पुगिसकेजस्तै टाढा छे। कुनै समय
थियो ऊ टाढा भइकन पनि सधैं मसंगै हुन्थी।
कतिसम्म भने ऊ मसंगै छे भन्ने आभाषले मलाई
बाथरुम जान पनि संकोच लाग्थ्यो। कहिलेकाहिँ
त म राती-राती बाथरुम गएको छु, बत्ती
नबाली।' यस्तो सोचिरहँदा हाँस्न मन लाग्दै
थियो तर मन अनायासै भक्कानिएछु । आँखाभरि
आँशु जमिसकेछ.....

 

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image