एकदिन स्नेहाले मेरो कपाल सुम्सुमाउँदै मस्किँदै भनिन् Sagar
पर्सि मेरो दिदीको बिहेमा तिमी जसरिनी आउनु ल , अनि म
त्यही दिन तिमीलाई ड्याड र मामुसङ्ग पनि भेटाइदिन्छु"यति
भनेर उन्ले मेरो हात च्याप्प समाइन् र मलाई नजिकैको टेलरिङ्गमा
लगेर त्यहाँको सबैभन्दा महङ्गो कपडा छानेर सुटको लागि नाप
लिन लगाइन् ।मलाई केही अप्ठ्यारो लागिरहेको थियो तर म
चुपचाप बसिरहेँ किनभने उसको घरमा जाँदा लगाउन लायक मसङ्ग
कुनै तेस्तो राम्रो कपडा थिएन । बिहेको दिन, म स्नेहाको
घरको गेटमा पुग्दा नपुग्दै उन्ले लुसुक्क आएर कसैले नदेख्नेगरी मेरो
हातमा एउटा सुनको औँठी र मोटो सिक्री राखिदिइन् र
भनिन् “sagarयो लगाएर मात्र भित्र आउ ल " शायद स्नेहा उन्को
बाबा मामुको अगाडी एउटा हुनेखाने केटोलाइ उभ्याएर “यही
हो हजुरहरुको हुनेवाला ज्वाइँ" भनेर चिनाउन चहन्थिन् । यो
उनको माया थियो तर मलाई भने आफ्नो गरीबीले असाधै
पोलिरहेको थियो । म उन्ले भनेजस्तै गरी पार्टीमा छिरेँ ,अहो !
एकछिन त हेरेको हेरै भएँ। निकै शानदार माहोल थियो ।स्नेहाले
मलाई उनको ड्याड र मामुसङ्ग चिनजान गराइन् ।उनको बाबाले
“चियर्स यौङ्ग म्यान " भन्दै एउटा बुट्टेदार रक्सिको ग्लास मेरो
हातमा थमाइदिनु भयो ।मैले केही बोल्न नपाउँदै स्नेहाले
अलीपरबाट आँखाको इशाराले “Sagarपिउ पिउ" भनेको देखेँ ।मैले
मेरो माया जोगाउन हो या आफ्नो इज्जत जोगाउनको लागि
जिन्दगीको पहीलो रक्सिको घूँट पिइदिएँ "
आज स्नेहा उसरहकै धनाढ्य केटोसङ्ग बिहे गरेर अस्ट्रेलियाम सुखी
जिबन बिताईरहेकी छिन् । म यता उनैले पिउन सिकाएको
रक्सिको साहारामा बाँचिरहेको छु । ग्लासमा रक्सि
खनाउँछु ,उन्ले आँखाको इशराले “Sagar पिउ पिउ" भनेको सम्झन्छु र
रित्ताइदिन्छु एकै घूँटमा प्यालाहरु ।
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to Lumbini Bus Service.www.hamrobus.com is Free Bus Booking Service of Nepal, buy bus tickets, reserve tickets, online payment, trips to Nepal, hamrobussewa provides First real online booking portal ...