कुरा आजभन्दा चार बर्ष
अगाडिको कुरा हो उसको र मेरो भेट फेसबुकमा नै भएको थियो
तर उ कहिले कहिले मात्र अनलाईन आउथि तर तेति बेला म पनि
तेति अनलाईन हुन्थिन !! कुरा म 12 पढ्दा को हो उ भरखर Slc सकेर
11 पढ्न थालेकि थिई उसको घर तनहु जिल्ला हो म काठमान्डौ
बस्थे तर तेतिबेला यस्तो माया प्रेम तिर म थिईन धेरै दिन कुरा
गरियो उ र म फेसबुक बाट नै धेरै दिन कुरा भएपछि उसको नम्बर
मागेको मैले तर उसले दिईन उनि घरमा एकदम डराउने रैछिन समय
यस्तै हो जिन्दगिको काम अधुरो नै मजा आउछ पुरा भयो भने त
त्यसमा चहाना नै हुन्न नि होईन र ???
एकदिन बेलुका आठ बजेतिर को कुरा हो उ अनलाई आई र मैले नम्बर
मागे त्यो दिन उसको मामा घरमा पुजा भएकोले सबै जना
जानुभएको रैछ र उसले नौ बजेतिर नम्बर दिई तर म अभागि तेहि
दिन मोबाईलमा ब्यालेन्स सकिएको रहेछ हतार हतार गर्दै पसल
गएको तर बन्द भैसकेको रहेछ साच्चै धेरै चिज बाधा बन्दा रहेछन
जिन्दगिमा मौकाले बोल्न पाएको दिन पनि बोल्न सकिएन !!
उसले भन्दै थिई नम्बर दिएको छु त किन कल नगर्नु भएको ?? मैले ममि
हुनुहुन्छ भनेर टारिदिए !!! हुनत मलाई पनि बोल्न मन नभएको कहा
हो र तर उसलाई तिमी कल गर न मेरो मा ब्यालेन्स छैन पसल नि
बन्द भएछ भन्ने हिम्मत आएन र तेति बेला नै लाईन गयो अनि Wifi
गयो मेरो अफलाईन भयो !!!
त्यस रातभर बिहानको उज्यालोको प्रतिक्षामा बित्यो
बिहानै ब्यालेन्स हालेर कल गरे यति सुरिलो र कोमल बोलि
थियो कि जुन बोलि सुन्दा साच्चि उसलाई मेरै लागि
बनाएको जस्तो हुन्थ्यो तर उसको मनमा के छ आजसम्म थहा
थिएन !!!
पछि घरमा सब जना भएको वेला बोल्न मिल्थेन उ लुकेर फोन गर्थि
धेरै समय बोलेपछि उ पनि म तिर आकर्षण हुदै गई एकदिन मैले प्रेम
प्रस्तास राखे तर उ यति लजाउथि कि उसले माया गर्छु भनेर समेत
फोनमा भन्न सक्दिन थिई साच्चि त्यो उसको र मेरो दुबै
जनाको पहिलो प्रेम थियो !!!! तर तेति बेला सम्म भेट भएको
थिएन हाम्रो,, करिब 1 बर्ष बोलचाल भएसि उसको मेरो भेट
भयो साच्चै उ मैले सोचेको भन्दा धेरै राम्रि थिई !!!!
समय बित्दै गयो त्यसपश्चात उसको घरमा बिहेको कुरा चल्न
थालेछ उ सधै रुन्थि फोनमा मेरो जबाफ नरोउ न भन्ने बाहेक अरु
केहि हुन्थेन !! एकदिन उ र म फोनमा बोलेको थहा पाएर उसले
घरमा पिटाई पनि खाएकि थिई !! उसको 12 को परिक्षा पनि
तेति राम्रो भएन र धेरै बिहेका प्रस्ताब आए तर पनि उसले मलाई र
हाम्रो माया पाउनको लागि हरेक प्रस्ताब अस्विकार गरेको
थिई तर भाग्यको खेल हो कसले पो यहा हुने कुरा रोक्न सक्छ र
सायद उनले पनि घरको कुरा अस्विकार गर्दा गर्दै उसको बिहे हुने
निर्णय गरेछन र उनको 2071 सालमा माघ महिनामा बिहे भयो ,,
सायद त्यो दिन कस्तो भयो भनेर म आफैले सोच्न सक्दिन !! जुन
सिन्दुर रङ्गाउन तयार यि मेरा हात बिच बाटोमा नै रोकिए
आज उ अर्कैसँग खुसिको संसारमा रमाएकि छ र म उसको यादको
संसारमा !!!
जिन्दगिमा हाम्रो भेट समयले 3 पटक मात्र गराएको थियो तर
पनि उ हरपल मसँग नै छे जस्तो लाग्थ्यो , आज मेरो सारा
जिन्दगिका यात्रा नितान्त एक्लो छन उसको हरपल साथ दिने
मान्छे भेटेकि छ !!! खुसि लाग्छ उ जस्तो मान्छे सँग कुनै दिन मेरो
नाम जोडिएको थियो र उसले मलाई साचो माया गरेकि
थिई !!!
आज परिवारको बाध्यतामा परेर उ पराई भई अनि म न त आजसम्म
अरु कसैको प्यारो नै हुन सके न त भगवानको नै !!!
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to Lumbini Bus Service.www.hamrobus.com is Free Bus Booking Service of Nepal, buy bus tickets, reserve tickets, online payment, trips to Nepal, hamrobussewa provides First real online booking portal ...