खुशी छर्छिन आफू भने मैन बत्ती झै रून्छिन।
हात मुख जोर्न दुनियाका छुद्र बचन सुन्छिन।
भोक भोकै खटेर नि घर लाई मन्दिर बनाउने,
देवी नै हुन आमा सबकी पूज्यनीय हुन्छिन।
आफू रोइ सन्तान लाई हँसाउंछिन आमा।
मलाई दुख्दा उनले आंसू खसाउंछिन आमा।
सधै भलो चिताउने एउटै देवी संसार कि ,
प्राण भरी माया ममता बर्साउंछिन आमा।