जुनकीरी को मसाल लाई डढेलो ले मेट्दै छ रे,
खडेरी को तहल्का ले ज्वाला मुखी भेट्दै छ रे।
सती ले सरापे को देश सधै असत्य खप्नु पर्ने,
भुकम्प ले सुरु गर्यो हाल डढेलो ले लखेट्दै छ रे।
कहिले बन्छ सुन्दर नेपाल प्रकृति ले हेप्न लाग्यो,
अझ थोत्रो राजनीति ले देश लाई समेट्दै छ रे।