• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

~-**नफूलिदेउ रानीफूल**-~

-मन भित्र भित्रै भाँसिएर 
सेती झैं बन्न खोज्दा
आँखाको फेवातालमा 
छालहरूले छलाङ मार्दै गर्दा
छाति भित्रको अटल माछापुच्छ्रे 
गर्ल्याम ढलेको देखेर
ऐया!!चिच्याउंदै ब्युंझिएछु
धन्य, सपनी पो रहेछ।

विपनी मै इश्वर संग अनुरोध गर्छु
मनमनै
मिल्छ भने, नफुलाइदेउ गुलावहरू
उनको सामुन्ने उन्मत्त फक्राएर

नछरिदेउ रानीफूलहरू हो
एकान्त रातमा
तिम्रो जवानी फक्रिएर
चरम विन्दुमा पुगेको सुचना बोकेका
मनै तरंगित पार्ने सुवासहरू
वँगैचा गाउँ टोल हुंदै
उनको सयनकक्ष सम्म।
जस्ले,
प्रियसीको मनमा 
लहर ल्याउन सक्छ,
वासनाको तिव्र इच्छा पैदा गर्न सक्छ।
जुन,
असामयिक हुंदा हुंदै पनि
पापी मनको वहकाइमा
धमिलो पानीमा 
माछा मार्नेहरू को जालमा
फसिन भने,
जून टिपेर उनको केशमा सजाउने
मेरो सपना चक्नाचुर हुनेछ,
मेरो रगत पसिनाको कमाई
क्षणमै बालुवाको घर झैं 
गर्ल्याम्म ढल्ने छ,
कहिल्यै नउठ्ने गरी
र कहिल्यै नजुट्ने गरी।

हुन त, 
पवित्रता र पतिव्रताको पुष्टिको लागि
अग्नि परीक्षा दिन बाध्य
सीता र रामको
सम्बन्ध जस्तो कहाँ हो र?
हाम्रो समबन्ध।।

मध्य सागर बिच
सुनामीको हरेक धक्का संगै
ढल्ने एक एक इट्टा 
उठाउदै, थप्दै बनाएको
बिश्वास को पर्खाल
जुन, सगरमाथा जत्तिकै
उच्च,अटल,निर्मल र कंचन छ।
यस्तो बिश्वास को सगरमाथा
हात्तिहरूले जतिसुकै सिंउरी खेले पनि
एक्कासी,भुसको पहिरो झैं
कसरी लड्न सक्छ र?
विचरा ति 
रानी फूलहरूको सुवासले।।

हावाले फेवा तालमा हल्लाउने
माछापुच्छ्रे केवल छांया न हो।
तैपनि
मनै त हो के के सोंच्छ सोंच्छ
अझै बेलामा बेलामा
प्रदेशीएको मदनको बिचल्ली बनाएर
बाटो तताउने
कलिका मुनाहरूको खवरले
नचाहाँदा नचाहँदै पनि मन लाई
सोच्न बाध्य बनाउदो रहेछ।
र त,
रेगिस्तान बाटै पुकार्छ
पशुपति र मनकामना
सुन्न त के सुन्थे र,
ति बिचरा पनि
'हामीले भगवान मानेर त-
भगवान भएका हुन।'
विचारले भन्छ तर मान्दैन मन 
केवल पुकारिरहन्छ।

 

 


https://www.facebook.com/esewamarketing

https://www.facebook.com/AdvertNepal-666433730073770/

www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to  Lumbini Bus Service.www.hamrobus.com is Free Bus Booking Service of Nepal, buy bus tickets, reserve tickets, online payment, trips to Nepal, hamrobussewa provides First real online booking portal ...

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image