कल्पनामा डुब्नुभन्दा यथार्थमा बाँच्नुपर्छ
दुखमै पनि सुखमै पनि दुबैतिर नाच्नुपर्छ।
छैन केहि अजम्बरी किन चिन्ता गर्नु हजुर
बाधाहरु आउँछ भने सुस्त सुस्त भाँच्नुपर्छ।
जवाफ
मनमा आंधि तुफान बोकि हांस्न भन्छौ तिमी।
पिरको भारि बोकेको छु नाच्न भन्छौ तिमी।
वर्तमानले चिथोरेर छिया छिया भाकोछ मन,
मर्नु मन छ बाधा हटाई बांच्न भन्छौ तिमी।