मेरो आँखामा हेर,मुटुलाई छोई।
र अंगालोमा बेर, मुटुलाई छोई।
तिमी बिना कसरी,चल्छ धड्कन,
एकछिन सास नफेर, मुटुलाई छोई।
मानौ लास पनि,चित्ता माथीबाट,
उठ्ला कोही सम्झेर, मुटुलाई छोई।
एउटा आशा हुदोरहेछ,जाने बेलामा,
हल्लाईदेउ हात फर्केर, मुटुलाई छोई।
ढुङ्गा जस्तो मन,पानी बनिदिन्छ,
तिम्रो समीपमा पुगेर,मुटुलाई छोई।