आखाँ भरि आशुँ थियो हामी छुट्ने वेला
चल्दै थियो हुरि वतास माया टुट्ने वेला
ए! ईश्वर तँ प्रतिको आस्था टुटे जव
जिन्दगीका सारा खुशि तैले लुट्ने वेला
विदेशीको कु-दृष्टि याँ परेको छ हेर
दाजुभाइ लड्छौ किन?यहाँ जुट्ने वेला
देशद्रोहि यी नेताको के हविगत् होला?
विरोधमा जनताको मोर्चा उठ्ने वेला