• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Gazal

राब रहेछ दुई घुटुक पिएपछि थाहा भयो
माया प्रेम उसले धोका दिएपछि थाहा भयो


जान्दैनथेँ जीउँदै मरि बच्न कति गाह्रो हुन्छ
हरेक पल जीउदै मरि जिएपछि थाहा भयो

टुक्रा टुक्रा मुटुलाई जोड्न कति गाह्रो हुन्छ
धुजा धुजा भएको मन सिएपछि थाहा भयो

सासै बन्द भएपछि जीउन कति गाह्रो हुन्छ
सास फेर्ने मुख्य नशा खिएपछि थाहा भयो

कलेजीमै छुने गजल लेख्न कति गाह्रो हुन्छ
जब मैले हातमा कलम लिएपछि थाहा भयो

 

विज्ञापन को लागि इमेल ठेगाना info@advertnepal.com

     

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image