समापन नहुने भए सुरु हुँदैनन
सिकाउने जति सबै गुरु हुँदैनन
अश्रुधारा बग्न सक्छ ठेस लागे भने
जीवनभरी सबै धुरुधुरु हुँदैनन
रोग शोक र भोक चाहना हुन्न कसैको
मान्छे आजीवन नै खुरुखुरु हुँदैनन
धान फाल्ने खेतमा फल्न सक्छ गहुँ पनि
कफी फाल्ने सबै गुल्मेली रूरू हुँदैनन